नक्कली ‘क्राईम ईन्सपेक्टर’ लाई समात्यो कास्की प्रहरीले

431
0
Share:

रेम बिक पोखरा, १७ फागुन । नक्कली सिआईडी प्रहरी बनेर धम्काउँदै आएको तीन जनाको टोलीलाई कास्की प्रहरीले पक्राउ गरेको छ । पोखरा १० बस्ने १८ वर्षिय आविष्कार सुवेदीसहितको टोलीलाई प्रहरीले पक्राउ गरेको हो । सुवेदीले आफुलाई ‘क्राईम ब्रान्चको ईन्पेक्टर हुँ’ भन्दै धम्काउँदै आएका थिए ।

उनले एउटा साईबरमा गएर संचालकलाई पटक पटक धम्काउने गरेको अनुसन्धानको क्रममा पाईएको कास्की प्रहरीले जनाएको छ । उनलाई सार्वजनिक मुद्दा अपराध मुद्दामा म्याद थप गरि अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

त्यस्तै विभिन्न आपराधिक क्रियाकलापमा संलग्न हुँदै आएका अरु दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्की मिजुरेडाँडाका ३५ वर्षिय तेजबहादुर गुरुङ र पर्वत बालकोटका ३४ वर्षिय प्रेम गुरुङ रहेका छन् ।

उनीहरुलाई प्रहरीले घर जग्गा व्यवसायीसँग चन्दा माग्ने र धम्काउने गरेको आरोपमा पक्राउ गरेको हो । पक्राउ परेका दुई जना मध्ये तेजबहादुर गुरुङ यसअघि पनि एक वर्ष अगाडि अपहरण तथा शरिर बन्धक मुद्दामा १८ महिना थुनामा परेर निस्किएका व्यक्ति हुन् । थुनाबाट निस्किएपछि उनले घरजग्गा व्यवसायीलाई धम्काउने र पैसा उठाउने गरेको आरोपमा यसअघि पनि पक्राउ परिसकेको प्रहरीले जनाएको छ । यसअघि पक्राउ पर्दा तेजबहादुर गुरुङ १ हजार रुपैँया जरिवाना तिरेर धरौटीमा छुटेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: