पत्रकार महासघंलाई दुई युवा व्यवसायीको आर्थिक सहयोग

360
0
Share:

रञ्जन अधिकारी पोखरा २१ फागुन । पत्रकार महासंघ कास्कीको निर्माणाधिन भबनको लागि दुई निर्माण ब्यबशायी युवाहरु हिक्मतजंग कार्की र बिकास श्रेष्ठले सहयोग गरेका छन् । फागुपूर्णिमाको अवसर पारी विहीबार कार्की र श्रेष्ठले पत्रकार महासंघ कास्कीलाई ५० हजार बढी सहयोग हस्तान्तरण गरेका हुन् ।

बिहिवार आयोजित कार्यक्रममा युवा व्यवसायीद्वयले पत्रकार महासंघ कास्कीको लागि ५० हजार एक सय ११ रुपैयाको चेक महासंघ कास्की अध्यक्ष रामकृष्ण ज्ञवालीलाई हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै युवा निर्माण ब्यवशायी कार्कीले बिभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्ने अभियान अन्तर्गगत पत्रकार महासंघलाई सहयोग गरेको बताए । पत्रकार राज्यको चौथो अंग भएकाले पत्रकारिता क्षेत्रको बिकास र संबृद्धिको लागि ब्यवशायीको भूमिका प्रभावकारी हुनुपर्नेमा उनले जोड दिए ।

पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले सबै क्षेत्रको सहयोगले महासंघको अत्याधुनिक भबन निर्माण कार्य अन्तिम चरणमा पुगेको भन्दै सहयोगी हातहरुलाई आग्रह गरेका छन् ।

महासंघ कास्कीको भबन निर्माण र भौतिक पूर्वाधार निर्माणको लागि बिभिन्न क्षेत्रबाट सहयोग आउने क्रम जारी रहेको छ । महासंघ कास्की अध्यक्षमा रामकृष्ण ज्ञवाली निर्वाचित भएसंगै सहयोग संकलनको काम तिब्र पारिएको छ ।

यसैबीच विहीबार नै कास्कीका पत्रकारहरु एकठाउँमा भेला भएर फागूपूर्णिमा मनाए । एक आपसमा रंगहरु लगाउँदै शुभकामना व्यक्त गरी उनीहरुले होली पर्व मनाएका हुन् ।

 

कमेन्ट गर्नुहोस्
Share: