प्याराग्लाईडिङको प्रि–वल्र्ड कप अन्र्तगत छैटौ दिन ७९ किमि टास्क पुरा

427
0
Share:

पोखरा २१, फागुन / पोखरामा पहिलो पटक संचालन भएको प्याराग्लाइडिङ खेलकोे प्रि–वल्र्ड कप अन्र्तगत आज (विहिबार) ७९ किलोमिटरको टास्क पुरा भएको छ । प्रतियोगिताको छैटौ दिनको खेलमा टास्क कमिटिले निर्धारण गरेको उक्त दुरी अनुकुल मौसम भएका कारण अधिकाशले पार गरेका छन । प्रतियोगिताको लागि आवश्यक पर्ने आधा दिनको टास्क भोलि सुक्रबार हुने भएको नाका प्राविधिक उपाध्यक्ष रविन गुरुङले बताए ।

बुधबार पाँचौ दिनको खेलमा भने ९० किलोमिटरको टास्क पुर्ण रुपमा सफल भएको थियो भने मंगलबार आधा जसो ३० किलोमिटरको टास्क पुरा भएको थियो । यस अघि लगातार प्रतिस्प्रर्धाको तीन दीनसम्म खराब मौसमका कारण खेलहरु स्थगीत भएको थियो । प्रि– वल्र्ड कप मान्यताको लागि न्युनतम तीन दिनको पुरा टास्क आवश्यक परेको कारण खेल सुक्रबारको आधा टास्क आवश्यक परेको हो ।

उक्त प्रतियोगिताको लागि प्याराग्लाईडीङ वल्ड कमिटिले प्रतियोगिताको लागि एक दिन थप गर्न अनुमति दिएको कारण फागुन २२ गतेसम्म टास्कको प्रतिष्प्रर्धा हुने भएको प्रि—वल्र्डकपका संयोजक एवं नाका उपाध्यक्ष सोवित बानियाँले बताए ।

प्रतियोगिहरुले सराङकोटबाट उडान भरी नौडाडा, ल्वाङ घलेल, घाचोक, पन्चासे, स्याङजाको भालु पहाड, पुनः अर्मला हुदै फेवातालको केन्द्र विन्दु बनाएर अवतरण गरेका थिए । लगातार तीन दिन र चौथो दिनमा आधा जसो उडान भरेका प्रतियोगिहरुले बुधबार र विहिबार विहानै देखि खुलेको मौसले गर्दा उनीहरुको मुहारमा खुसि छाएको थियो । विहिबार होली पर्व परेकोले पनि उनीहरु विहानै देखि खुसि हुदै आकासमा रमाउदै उडान भरेका हुन ।

प्रतियोगितामा नेपाल सहित ३६ राष्ट्रका एक सय ५० प्याराग्लाईडीङका पाईलटहरु सहभागि भएको बानियाँले बताए । प्रतियोगितामा एक जना नेपाली महिला सुनिता थापाले सहभागिता जनाएकी छन । प्रतियोगितामा १८ जना नेपाली पाईलट, तथा १६ जना विदेशी प्याराग्लाईडीङका पाईलटहरु सहभागि भएको नाका महासचिव वसन्तराज दवाडीले बताए ।

यसै विच, मंगलबार र बुधबारको टास्कको आधारमा ओभरलमा ९ सय ७५ अङक बटुल्दै पोल्याण्डका माईकल अग्र स्थानमा रहेका छन । त्यसै गरी रसियाका ग्लेवले ९ सय ६२ अङक ल्याउदै दोश्रो स्थानमा रहेका छन भने रसियाकै एल्याक्सले ९ सय ३० र वेलायतका जेमि म्यासेन्जरले ९ सय ३० अङक बटुलेका हुन ।
खुल्ला महिला तर्फको प्रतिष्पर्धामा दुई दिनको खेलको आधारमा जर्मनकी ईजावेला म्यासेन्जर अग्र स्थानमा रहेकी छन । उनले ७ सय ७७ अङक बटुल्न सफल भएकी छन । त्यसै गरी ओभरल नेपाली तर्फ भने ७ सय ६४ अङक बटुल्दै विमल अधिकारी अग्र स्थानमा रहेका छन ।

यसै विच, भोलि सुक्रबार छोटो दुरीको टास्क सहित प्रतियोगिता समापन हुने भएको संयोजक वानियाले बताए । प्रतियोगिताको औपचारीक समापन भने दिउँसो ४ बजे पछि उपप्रधान तथा गृह मन्त्री बामदेव गौतमबाट माउण्ट कैलास रिसोर्टमा हुने भएको वानियाले जनाए ।

कमेन्ट गर्नुहोस्
Share: