
रञ्जन अधिकारी पोखरा, २२ फागुन /कास्कीको पोखरा २६ सराङकोट (साविक सराङकोट ४) ग्यारजाती, सौरेनीधारामा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । अन्य ५५ बढि यात्रु घाईते भएका छन् ।
कास्कीकोट गाविसको गुण्टेचौरबाट सराङकोटको पथेली हुँदै पोखरातर्फ आईरहेको ग १ ख ४८४९ नम्बरको यात्रुबाहक बस बिहान ९ः४० बजेतिर दुर्घटना भएको स्थानीयबासीले बताए । बस सडकबाट अन्दाजी डेढ सय मिटर तल खसेर उत्तानो परेको अवस्थामा छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मृत्यु हुनेहरुमा पोखरा २६ का १६ वर्षीय विवस तिमिल्सेना, ५० वर्षीय हरिबहादुर खत्री, ४० वर्षीया गोमा लुईटेल, ५० वर्षीय लेखबहादुर ढकाल, ४५ वर्षीया तारा थापा र कास्कीकोट ६ की ५५ वर्षीया भिमा केसी खत्री रहेका छन् । विवशको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो भने अन्यको मणिपाल अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।
बस चालक उदयपुर तावाश्री १ घर भई सार्दिखोला १ भुर्जुङखोला बस्दै आएका खिलबहादुर आले मगरलाई नियन्त्रणमा लिएर दुर्घटना सम्बन्धमा अनुसन्धान जारी राखेको कास्की प्रहरीले जनाएको छ । घाईतेहरुको मणिपाल शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेज, फिस्टेल हस्पिटल र सहारा अस्पतालमा उपचार भईरहेको छ । १० जना बढि गम्भीर घाईतेमध्ये शुक्रबार बेलुकीसम्म चार जनालाई हेलिकोप्टर मार्फत काठमाण्डौं रिफर लगिएको छ । ३९ जनाको अवस्था मध्यम छ भने ६ जनाको अवस्था सामान्य छन् । टाउको र हातमा चोट लागेका सराङकोटका २५ वर्षीय डिलबहादुर ढकाल, टाउकोमा चोट लागेका १८ वर्षीय सुमन थापा, ८ महिने बालक एल्भिस थापा र कास्कीकोट ६ की ३२ वर्षीया सरीता खड्कालाई काठमाण्डौं लगिएको हो । गैह्राघरका ५८ वर्षीय शेरबहादुर थापा लगायत गम्भीर घाईतेलाई पनि काठमाण्डौं रिफर गरिएको छ ।
घटनालगत्तै मणिपालमा पु¥याईएका ४० बढि मध्ये चार जनालाई काठमाण्डौं लगिएको हो भने बाँकीको उपचार भईरहेको छ । सामान्य घाईतेहरु फर्किसकेका छन् । मणिपालमा रहेका घाईतेहरुमा पोखरा २६ सराङकोटका अजय जिसी (१४), झलक जिसी (४६), हिरा जिसी (४०), अञ्जु जिसी (२६) शिव बहादुर ढकाल (४३), डम्बर बहादुर खड्का (५१), स्थिति बुढाथोकि (११), सावित्री थापा (२६), सविन थापा (१५), प्रिति थापा (१६), कुमारी थापा (२६), जीवन थापा (१९), राधा ढकाल (२२), सन्दिप ढकाल (१९), साने केसी (८), कामना तिमिल्सिना (९) रहेका छन् ।
यस्तै, कास्कीकोट ३ का हरि केसी (५२), भुवन केसी (२२), कास्कीकोट ४ का सोमनाथ भट्टराई (२८), पूर्णबहादुर थापा (४३), दिलमाया सुवेदी (४९), हरिमाया सुवेदी (३५), बिन्दु रानाभाट (३०), सन्तबहादुर भेजेल (५२), कास्कीकोट ६ का अर्जुन तिमिल्सेना (३०), सबिन तिमिल्सेना (८), चन्द्रा तिमिल्सेना (२९), ल्वाङघलेल १ का नविना गौतम (१८), सन्तोषकुमार खड्का (३५), नारायण तिमिल्सेना (४६) रहेका छन् ।
यसैगरी, कास्कीकोट ९ की सुमित्रा थापा (२५), सानीमाया तिमिल्सेना (५८), सदिक्षा थापा (११), पोखरा ५ का खेमराज भट्टराई (७४) र पोखरा ४ की तारा तिमिल्सेना (४५) को पनि मणिपालमा उपचार भएको छ ।
गण्डकी मेडिकल कलेजमा रहेका छ घाईतेहरुमा पोखरा कृस्तिका निर्मल रानाभाट (३०), कास्कीकोट ३ का जीवन केसी (२७), अभिशेक केसी (११), सराङकोटका शेरबहादुर जिसी (५१), गौरव पहाडी (२५) र वर्षीया माया भुजेल (४८) रहेका छन् । फिस्टेल अस्पतालमा पाँच जनाले उपचार गराईरहेका छन् । घाईतेहरुमा कास्कीकोट ४ का देवुमाया भट्टराई (६१), बसन्त केसी (५०), कास्कीकोट ६ की आशा नेपाली (११), बिमला नेपाली (३०) र जुना नेपाली (६१) रहेका छन् । सहारा अस्पतालमा कास्कीकोट ३ का कृष्णप्रसाद सुवेदी (४९) , विष्णुमाया लुईटेल (४५) र पोखरा २६ की ५५ वर्षीया सीता तिमिल्सेना उपचाररत छन् ।
दुर्घटनामा घाईतेहरुलाई प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरेका थिए । ४४ सिट क्षमताको बसमा ७५ जना भन्दा बढी सवार थिए । दुर्घटनामा सामान्य घाईतेहरुका अनुसार बस मालिकले नै चलाएका थिए । बस सडक छेउतिर गएपछि गाडि मालिक, चालक र सहचालक तिनैजना भागेका थिए । चालकले नियन्त्रण गर्न सक्ने गाडि पनि छोडेर भाग्नाले दुर्घटना भएको घाईते यात्रुहरुले बताएका छन् । तर प्रहरीले भने अनुसन्धान जारी रहेको बताएको छ ।
दुई साल अघि २९ मंसीरमा सोहि सडकखण्ड अन्तर्गत साउनेपानीमा बस दुर्घटना हुँदा १३ जनाको ज्यान गएको थियो भने दर्जनौं घाईते भएका थिए ।
