नेपाल फेरि भारतसँग पराजित

422
0
Share:

२८ फागुन, काठमाडौं । विश्वकप फुटबल २०१८ को प्रारम्भिक छनोटको अवे खेलमा नेपालले भारतसँग २-० को हार बेहोरेको छ । बिहीबार राति भएको खेलमा नेपाल घरेलु टोलीसँग २-० गोल अन्तरले पराजित मात्र भएन, गोलको खरेडी टार्न पनि असफल भएको छ । यसअघिका ६ खेलमा पनि नेपाल विपक्षीविरुद्ध गोल गर्न चुकेको थियो ।

विश्वकपसँगै एसियन कप २०१९ को छनोटका रुपमा समेत रहेको प्रतिस्पर्धाको होम गेम आगामी चैत ३ गते काठमाडौंमा हुनेछ । त्यसमा कम्तीमा २-० को जित निकाल्नसके नेपालले विश्वकप २०१८ र एसियन कप २०१९ छनोटको दोस्रो चरणको यात्रा तय गर्नसक्छ ।

गुवाहटीको इन्दिरा गान्धी एथलेटिक स्टेडियममा भएको खेलमा नेपालले पहिलो हाफ गोलरहित बराबरी खेल्यो । गुवहाटीस्थित इन्दिरा गान्धी एथलेटिक स्टेडियममा भएको खेलमा दुवैका गोल सुनील क्षत्रीले गरे । ५३ र ७१ औं मिनेटमा गोल गरेका उनलाई ह्याटि्रक गर्नबाट भने नेपाली गोलकिपर किरण चेम्जोङले रोकिदिए । उनले ८२ औं मिनेटमा पेनाल्टीमार्फत् प्रहार गरेको बल किरणले उत्कृष्ट रुपमा रोकेका थिए ।

प्रशिक्षक ज्याक स्टेफानोस्कीले अनिल गुरुङ, जुमानु राई र सन्तोष साहुखललाई बेन्चमा राखेर विमल घर्तीमगर र भरत खवासलाई फवार्डमा खेलाएका थिए । २५ औं मिनेटमा भरतले दिएको पासमा विमल घर्तीमगर गोल गर्न चुके । लगतै भरतको प्रहार भारतीय खेलाडीको शरीरमा लगेर फर्किएको बलमा बिमलले गोलको राम्रो प्रयास गरेका थिए । भारतले लगातार नेपालमाथि दबाव दिँदै गोलको राम्रो अवसर श्रृजना गरेको थियो । तर, गोल गर्न सकेन र पहिलो हाफ गोलरहित बराबरीमा सकियो ।

६३ औं मिनेटमा भारतले गरेको गोललाई रेफीले अफसाइड दिए । लगतै जगजित श्रेष्ठको स्थानमा यू-१७ का अन्जन विष्ट मैदान प्रवेश गरे । ८७ औं मिनेटमा भरत खवासको स्थानमा सन्तोष साहुखल मैदान प्रवेश गरेपनि निकै ढिला भइसकेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: