पुर्नजन्मलाई दर्शकको साथ

Share:

रञ्जन अधिकारी पोखरा, २८ फागुन / सत्य घटनामा आधारित चलचित्र पुर्नजन्मले मुलुकका विभिन्न ४४ हलमा पहिलो हप्ता पार गर्दा दर्शकको पूर्ण साथ पाएको चलचित्र निर्माण युनिटले जनाएको छ । देशभर प्रर्दशनमा रहेको सो चलचित्र मार्फत दश वर्षे जनयुद्धको कथालाई पर्दामा उतारिएकाले पनि दर्शकको मन छुन सफल भएको विहिबार पोखरामा पत्रकार सम्मेलन गरि निर्माण पक्षले जनाएको हो ।

नारायणघाट, बुटवल लगायतका हलहरुको प्रत्यक्ष अवलोकन गरि पोखरा आइपुगेको टोलीले विहिबार पोखराको विन्दवासिनी चलचित्र हलमा समेत पुगेर दर्शकको प्रतिक्रिया लिए ।  सत्य घट्नामा आधारित र मनोरञ्जनसंगै अहिलेको पुस्तालाई नेपाली  राजनैतिक इतिहासको प्रसंग र पुराना संस्कृतिको बारेमा समेत जानकारी गराएको निर्देशकको जिकिर थियो । फागुन २२ गते बाट देशभर प्रर्दशन भइरहेको चलचित्र बारे बुझनका लागि पुर्नजन्मको टिम देशका विभिन्न हलहरुमा पुग्ने क्रममा पोखरा आएको निर्देशक सजन श्रेष्ठले जनाए ।

हलमा पुग्ने क्रममा फिल्मी दर्शकहरुले चलचित्र राम्रो भएको प्रतिक्रिया दिएको चलचित्रका नायक गजित विष्टले बताए । दर्शकको रेस्पोन्स राम्रो रहेपनि शुक्रबारबाट हलहरुले फिल्म हटाउनुपर्ने बाध्यता रहेको उनको गुनासो थियो । चलचित्रका निर्माता मोहनकृष्ण श्रेष्ठले नेपाली चलचित्रलाई उद्योगको रुपमा विकास गर्न नसकेको बताए । लाखौँ लगानीमा निर्मित नेपाली चलचित्र बजारमा करोडौँ लगानी गरेको हिन्दी  चलचित्रहरु संग प्रतिष्पर्धा गर्नुपर्ने बाध्यता रहेको उनको गुनासो छ ।

एमके इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्मित यस चलचित्रलाई निर्देशनसंगै सम्पादन पनि युवा निर्देशक सजन श्रेष्ठले गरेका छन् । चलचित्रमा भद्रबहादुर शाहीको पनि लगानी रहेको छ । चलचित्रमा आर्यन सिग्देल, केकी अधिकारी, गजित बिष्ट, सुस्मिता शाही, मिथिला शर्मा, विजय लामा, लक्ष्मी गिरि, रश्मी भट्ट, देशभक्त खनाल, रुश्मा श्रेष्ठ लगायतको अभिनय रहेको यस चलचित्रलाई सुदर्शन श्रेष्ठले लेखेका हुन् । शिव ढकाल र नवरा कृष्ण थापाले संयुक्त रुपमा खिचेको यस चलचित्रमा द्वन्द अष्ट महर्जनको रहेको छ ।

फाल्गुण १५ गते प्रदर्शन मिति तोकेको चलचित्र ‘पुर्नजन्म’ यूनिटले एक साता पर सर्दै फाल्गुण २२ गते बाट चलचित्र प्रदर्शन गरेको थियो । फाल्गुण १५ गते स्वर्गिय आलोक नेम्वाङले निर्देशन गरेको चलचित्र ‘अझै पनि’ लाग्ने भएकाले पर सारिएको थियो । आलोकको अन्तिम चलचित्रलाई सम्मान गर्दै नजुधाउने निर्णय गरेको थियो ।

चलचित्रको कथावस्तुलाई व्यावसायिक रुपमा भन्दा पनि समाजको यर्थाथ घटनालाइ सामाजिक सन्र्दभहरुसँग जोडेर नया“ पुस्तालाई लक्षित गरी बनाइएकोे निर्माता श्रेष्ठले जनाए । ‘पूर्नजन्म’ अत्यन्तै समसायीक चलचित्र बनेकोले दर्शकले आफूलाई केहि फरक भूमिका र अभिनयमा देख्न पाउने नायक विष्टको भनाई थियो ।

चलचित्रले नेपालमा भएको द्वन्द्व र यसले पारिवारिक जीवन त्यसमा पनि सैनिकको परिवारमा पारेको प्रभावलाई प्रस्तुत गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: