अभिनेत्री निता ढुंगाना, गैँडा र दिनेश डिसीसँगै रामकृष्ण ज्ञवालीले गरे बुटिक उद्घाटन

Share:

पोखरा, २८ फागुन | पोखराका महिलाहरु ‘फेशन कन्सस’ हुँदै गएपछि यहाँ बुटिकहरु खुल्ने क्रमले तिव्रता पाएको छ । पोखरामा पछिल्लो समय बुटिक व्यवसायबाट राम्रो आम्दानी समेत हुने गरेको व्यवसायीहरु बताउँछन् । पोखरामा हाल ५० भन्दा बढि बुटिकहरु संचालनमा रहेका छन् ।

बुटिकहरुकै भीडमा पछिल्लो पटक अर्को एउटा ‘बुटिक’ संचालनमा आएको छ । ‘आई एम द डिजाईन’ नामको बुटिक विहिबारदेखि न्यूरोडमा संचालनमा आएको हो । अभिनेत्री निता ढुंगाना, निर्मल शर्मा ‘गैँडा’, निर्देशक दिनेश डिसी, रतन सुवेदी र पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले सँयुक्त रुपमा बुटिकको उद्घाटन गरेका थिए । उद्घाटनसँगै उनीहरुले बुटिकको सफलतको शुभकामना समेत दिए ।

मिसेस नेपाल २०११ का फस्ट रनरअप समेत भैसकेकी डिजाईनर अर्चना शर्माले बुटिक संचालनमा ल्याएकी हुन् । ‘पोखराका महिलाहरु पछिल्लो समय फेशनको बारेमा धेरै जानकार भैसकेका छन् ।’ संचालक शर्माले भनिन्–‘राम्रो र स्तरिय डिजाईनका कपडामा खर्च गर्न पनि यहाँका महिलाहरु खासै हिच्किचाउँदैनन् ।’ बुटिकको राम्रो बजार देखेकै कारण लगानी गरेको उनले सुनाईन् । त्यस्तै विदेशबाट पनि ‘अनलाईन डिमान्ड’ आउने गरेको उनले बताईन् ।

‘आई एम द डिजाईन’ बुटिकमा ७२ लाख रुपैयाँ लगानी रहेको शर्माले जानकारी दिईन् । आफैँ डिजाईनर भएका कारण शर्माले ग्राहकहरुलाई सन्तुष्ट गराउने खुखि आफुसँग भएको बताईन् । ‘स्तरिय र फेशनेबल पहिरनका लागि नै मैले बुटिक संचालनमा ल्याएकी हुँ ।’ उनले भनिन् । बुटिकमा कुर्था, टप्स, लेहेङ्गा, गाउन, गहना ब्लाउज लगाएतका पहिरनहरु उपलब्ध छन् । बुटिकमा पाईने सम्पूर्ण कपडाहरु भारतबाट आएको संचालक शर्माले बताईन् । लेकसाईडस्थित बरदान रिसोर्ट एण्ड अपार्टमेन्टको भगिनी संस्थाको रुपमा बुटिक संचालनमा आएको हो ।

कमेन्ट गर्नुहोस्
Share: