
३० फागुन,काठमाडौं / प्रवेशिका परीक्षा (एसएलसी) लाई दृष्टिगत गर्दै नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ तालिकामा हेरफेर गरेको छ। सोमबारदेखि लागू हुने गरी प्राधिकरणले नयाँ तालिका निर्धारण गरेको हो। तालिकाअनुसार अब २ घन्टा लोडसेडिङ कम हुने प्राधिकरणले जनाएको छ।

एसएलसी परीक्षा चैत्र ५ गते देखी सुरु हुँदै छ। अब दैनिक ९ घन्टा लोडसेडिङ हुने छ। यस अघि दैनिक ११ घन्टा लोडसेडिङ हुँदै आएको थियो। औद्योगिक क्षेत्रमा भने पहिलेकै तालिका लागु हुने प्राधिकरणले जनाएको छ।
कमेन्ट गर्नुहोस्
