
काठमाडौं, फागुन ३० / विश्वकप क्रिकेटमा भारतले लगातार ६ खेल जितेको छ । यसअघि नै विश्वकपको क्वाटर फाइनलमा पुगिसकेको भारतले समूह चरणको अन्तिम खेलमा जिम्बाबेलाई ६ विकेटले हरायो ।
जितका लागि पाएको २ सय ८८ रनको लक्ष्य भारतले खेल सकिन ८ बल बाँकी छँदै ४ विकेट गुमाएर भेट्टायो । भारतलाई जिताउन सुरेश रैनाले शतक पुरा गरे । उनी १ सय १० तथा कप्तान महेन्द्र सिंह धोनी ८५ रनमा नट आउट रहे ।
यसअघि पहिले ब्याटिङ गरेको जिम्बाबेले ४८ दशमलव ५ ओभरमा सबै १० विकेट गुमाएर २ सय ८७ रन बनाएको थियो । उसका लागि विकेट किपर कप्तान ब्रेन्डन टेलरले १ सय ३८ रन बनाए भने सिन विलियम्सले ५० रन बनाए । भारतसँग पराजित जिम्बाबे यसअघि नै प्रतियोगिताबाट बाहिरीसकेको थियो । समूह चरणमा खेलेका ६ खेलमा उसले युएईलाई मात्र हरायो ।
