इजरायलमा भएको निर्वाचनमा बर्तमान प्रधानमन्त्रीको पार्टी विजयी

Share:

काठमाडौं, ४ चैत्र । इजरायलमा भएको संसदीय निर्वाचनमा वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले सबैभन्दा बढी सीट जितेको छ ।

निर्वाचन पूर्वका मत सर्वेक्षणहरुलाई गलत सावित गर्दै नेतान्याहुको दलले २९ सीटमा जित हासिल गरेको बीबीसीले जनाएको छ । नेतान्याहुको लिकुड दललाई कडा टक्कर दिएको आईज्याक हर्जोगले नेतृत्व गरेको जियोनिष्ट युनियनले भने २४ सीटमा चित्त बुझाउनु परेको छ ।

यद्यपी, सर्वेक्षणहरुमा जियोनिष्टले लिकुडलाई पछि पार्ने प्रक्षेपण गरेका थिए । कुल १ सय २० सिटको इजरायली संसद नेसेटमा यसअघि सन् २०१३ मा गरिएको निर्वाचनमा पनि नेतान्याहुकै दल लिकुडले बढी सीट ल्याउँदै गठबन्धन सरकारको नेतृत्व गरेका थिए ।

दुई वर्षअघिको निर्वाचनमा ३१ सीट ल्याएको लिकुडले यस पटक दुई सीट कम ल्याउँदै २९ सीटमा चित्त बुझाउनु परेपनि फेरि पनि गठबन्धन सरकारको नेतृत्व भने नेतान्याहुले नै गर्नसक्ने जनाइएको छ । सरकार गठक गर्न कम्तिमा ६१ सिट आवश्यक पर्छ । एजेन्सी

कमेन्ट गर्नुहोस्
Share: