काठमाडौँ, चैत ४ / श्रीलंकालाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका विश्वकप क्रिकेट २०१५ को सेमिफाइनलमा प्रवेश गरेको छ। विश्वकप क्रिकेटमा २२ वर्षपछाडि दक्षिण अफ्रिकाले नकआउट चरणमा पहिलो जित हात पारेको हो।
सिड्नी क्रिकेट मैदानमा भएको खेलमा श्रीलंकालाई १ सय ३३ रनमा रोकेको दक्षिण अफ्रिकाले विजय लक्ष्य १८ ओभरमा मात्र एक विकेटको क्षतिमा पूरा गर्यो। दक्षिण अफ्रिकाका लागि ओपनर क्विन्टल डे कोकले अविजत ७८ रन बनाए।
यसअघि श्रीलंकाली इनिङ्स्मा कुमार संगाकाराले ४५ र लाहिरु थिरिमानेले ४१ रन जोडेका थिए। यसैगरी एंगेलो म्याथ्युजले १९ रन बनाएका थिए भने अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन्। श्रीलंकाली इनिङ्सलाई थोरैमा समेट्न उत्कृष्ट बलिङ गर्दै चार विकेट लिएका दक्षिण अफ्रिकाका इमरान ताहिर म्यान अफ द म्याच भए।
यो खेलसँगै संगाकारा र माहेला जयवर्द्धनेले अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटबाट संन्यास लिएका छन्।
