२८ सहसचिवको सरुवा र पदस्थापना, सिडिओ पनि फेरिए (सूचीसहित)

Share:

काठमाडौं, चैत ३ /गृह मन्त्रालयले २८ जना सहसचिवको सरुवा तथा पदस्थापना गरेको छ। मंगलबारको निर्णय अनुसार केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) पनि फेरिएका छन्।

सहसचिव कृष्णप्रसाद देवकोटालाई गृह मन्त्रालयमै पदस्थापन गरिएको छ। मेघनाथ काफ्लेलाई अध्यागमनको प्रमुख बनाइएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीलाई कारागार व्यवस्था विभागको महानिर्देशक बनाइएको छ भनेडोटीका सिडिओ लोकनाथ पौडेललाई सरुवा गरेर दाङ पठाइएको छ।

दाङका सिडओ पर्शुराम आचार्यलाई क्षेत्रिय प्रशासन कार्यालय सुर्खेतको क्षेत्रिय सह प्रशासक बनाइएको छ। सहसचिव विष्णुप्रसाद ढकाललाई हेटौडा क्षेत्रीय प्रशासन कार्यालयको सह प्रशासक बनाइएको छ।

सहसचिव मनोहरप्रसाद खनाललाई पदस्थापन गरी डोटीको प्रजिअ बनाइएको छ। त्यस्तै विनोदबहादुर कुँवर बर्दिया, इन्दु घिमिरे स्याङ्जा, वलदेव गौतम सुर्खेत र विजयनारायण मानन्धरलाई धनुकुटाको प्रजिअमा पदस्थापन गरिएको छ।

धनकुटाको सहक्षेत्रीय प्रशासकमा कालीप्रसाद पराजुलीलाई पदस्थापन गरिएको छ। मकवानपुरका प्रजिअ केशवराज घिमिरेलाई पर्सा जिल्ला प्रशासनमा सरुवा गरिएको छ।

-(4)

कमेन्ट गर्नुहोस्
Share: