यी हुन् एसिड आक्रमण गर्ने जीवन विक / अपराधीलाई छाला चिरेर नुन खुर्सानी राख्नु पर्छ : संगीता

Share:

काठमाडौ, ६ चैत । प्रहरीले काठमाडौंको बसन्तपुरमा ट्युसन पढ्दै गरेका छात्रामाथि भएको एसिड आक्रमणमा संलग्न लाई प्रहरीले पक्राउ गरेको छ । एसिड आक्रमण गर्ने जीवन विकलाई प्रहरीले सार्वजनिक गरेको छ ।

संगीता मगर बसेकै घरमा कोठा लिएर बसेका काभ्रेका विक पहिले संगीता र उनका भाईलाई ट्यूसन पढाउँथे । ट्यूसन पढाउने क्रममा सँधै झगडा भइरहँदा हेपेको अनुभूति गरेपछि आक्रमण गर्ने योजना बनाएको विकले बताए ।

विक भारतीय आर्मी बन्न नसकेपछि काठमाडौं बस्दै आएका थिए । बीबीएस पढेका विक २०६९ देखि उक्त घरमा कोठा लिएर बसिरहेका थिए । संगीतालाई पहिलो रड र लाठीले हान्ने योजना बनाएका थिए । तर, भारतीय टीभी हेरेपछि एसिडले आक्रमण गर्नु उपयुक्त हुने ठानेको विक बताउँछन् । त्यसपछि उनले २०७१ असोजमा रु.१२५ मा न्यूरोडको भित्रि पशलबाट एसिड किनेको थिए ।

भारतमा बस्छु भनेर घरमा ढाटिरहेका विकले केही समय संगीतालाई पीछा गरेर ट्यूसन पढ्ने ठाउँ पत्ता लगाएका थिए । संगीता पढ्ने ठाउँ थाहा भएपछि ५०० मिलिलिटर एसिडले आक्रमण गरेर विक सिक्किम पुगेका थिए । सिक्किमा विक २८ फागुनसम्म बसेर नेपाल फर्किएका थिए ।

नेपाल फर्किएको थाहा भएपछि विकलाई ५ चैत दिउँसो १ बजे उनकै कोठाबाट प्रहरीले पक्राउ गरेको एआइजी विज्ञानराज शर्माले जानकारी दिए । प्रहरीले विकलाई हट लिष्टमा राखेर अनुसन्धान गरिरहेकाे थियाे ।

पत्रकार सम्मेलनमा हाँस्दै अाएका विक केही क्षणपछि बेहाेस भएर ढलेका थिए ।

11072460_10153230587694048_1294898606_n

आफुलाई एसीड प्रहार गर्ने जीवन विक पक्राउ परेको खबर सुनेपछि संगीताले भने अपराधीलाई फाँसी नभएपनि आजीवन कारावास दिनुपर्ने र छाला चिरेर नुन खोर्सानी राख्नु पर्ने बताइन् ।

एसिड अाक्रमणमा परेकी संगीता अस्पतालबाटै परीक्षा दिदै । तस्वीरः देवकी बिष्ट

विक पक्राउ परेकाे सुनेपछि संगीताले भनिन्,  “त्यसले मेरो जीवन बर्वाद गरेको छ त्यसै छाड्न हुन्न् ।”

कमेन्ट गर्नुहोस्
Share: