
काठमाण्डु, ६ चैत / सुदर्शन थापाले निर्देशन गरेको नेपाली फिल्म ‘चंखे, शंखे, पंखे’ आगामी जेठ १ गतेदेखि नेपाली सिनेमा हलहरुमा प्रदर्शन हुने भएको छ । नेपाली सिनेमा हलहरुमा प्रदर्शन हुनुअघि सो फिल्मको प्रिमियर सो भने बहराइनमा गरिने जनाइएको छ ।
बहराइनमा भएको प्रिमियर सो लगत्तै स्याङजामा च्यारिटी सो गरेर हलहरुमा लाग्ने जनाइएको सो फिल्मको कथावस्तु विशेषगरी कमेडीको रुपमा रहेको जनाइएको छ ।
राष्ट्रियताको विषयमा समेत बोलेको भनिएको सो फिल्ममा सुवास थापा, नन्दिता केसी, पुजा शर्मा लगायतले अभिनय गरेका छन् । राष्ट्रियताको विषयलाई समेत उठाइएकोले सो फिल्मको च्यारिटी सो गर्न लागिएको निर्माण पक्षले बताएको छ ।
कमेन्ट गर्नुहोस्
