विमानस्थलमा भिडन्त, ६ जनाको मृत्यु

Share:

एजेन्सी साना, चैत ५ / यमनको आडेन सहरमा रहेको एक विमानस्थलमा अपदस्त राष्ट्रपति अब्दुरबु मन्सुर हादी र हाउथी विद्रोही समर्थक लडाकुबीच भिडन्त भएको छ। घटनामा छ जनाको ज्यान गएको छ। दर्जनौं घाइते भएका छन्। विमानस्थलबाट हुने सबै उडानहरु रद्ध गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

हाउथी विद्रोहीको दबाबमा यमनका राष्ट्रपति अब्दुरबु मन्सुर हादी गत महिना राजधानी सानाबाट भागेर आडेन पुगेका थिए। त्यहाँ पुगेर उनले आफू नै यमनको आधिकारिक राष्ट्रपति भएको बताएका थिए।

कमेन्ट गर्नुहोस्
Share: