पोखरा जेसीजको दोस्रो शुक्रबासरीय प्रवचनमाला

Share:

पोखरा, ६ चैत / पोखरा जेसीजले आफ्नो नियमित कार्यक्रम अन्तर्गत शुक्रबार दोस्रो शुक्रबासरीय प्रवचनमाला कार्यक्रम सम्पन्न ग¥यो । नेपाल जेसिजको मुलुककै उत्कृष्ट शाखा मध्येको एक पोखरा जेसीजले विविध कार्यक्रमको आयोजना गर्दै आएकोमा सदस्यहरुको वाक्कला निखार्नुका साथै बोल्ने शैली, क्षमताको विकास गर्न यो कार्यक्रम गर्दै आएको छ । सन् २०१५ कार्यसमितिको यो दोस्रो संंस्करण हो ।

कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाले युवाहरुको संस्था पोखरा जेसीजले विभिन्न रचनात्मक कार्यहरु गर्दै आएकोमा शुक्रबासरीय प्रवचनमाला उदाहरणीय कार्यक्रम रहेको बताए । उनले बोल्ने शैली र क्षमताका कारण व्यवसाय उभोँ लाग्ने भन्दै पर्यटन क्षेत्रमा लागेपछि विश्वका सबै प्रकारका मानिससँग उनीहरुको शैली अनुसार नै बोल्नुपर्ने आवश्यकता औंल्याए ।

युवाहरु पर्यटन क्षेत्रमा लाग्नुपर्नेमा जोड दिँदै अध्यक्ष थापाले पढेर र यस क्षेत्रबारे गहिरोसँग बुझेर युवाहरु आएमा नेपाल विश्वमाझ परिचित हुन थप टेवा पुग्ने बताए । उनले  २२ वर्षे उमेरमा आन्तरिक पर्यटकका रुपमा नवलपरासीबाट पोखरा आएको स्मरण गर्दै युवा अवस्थामै सही निर्णय लिँदा आफू अहिले यो आशनमा रहेको उल्लेख गरे।

कार्यक्रमको अध्यक्षता समेत गरेका पोखरा जेसीजका कार्यकारीणि उपाध्यक्ष जेसी किरण केसीले सदस्यहरुको नेतृत्व तथा व्यक्तित्व विकासमा यस्ता कार्यक्रम फलदायी हुने बताए । प्रवचनमालाको दोस्रो संस्करणमा निर्देशक जेसी अनन्त प्रधानाङ्ग, साधारण सदस्यद्वय जेसी बसन्त रेग्मी र जेसी शक्ति बरुवाल प्रस्तोताका रुपमा रहेका थिए । उनीहरुले समृद्धिका लागि युवा एकता विषयमा आफ्ना भनाई राखेका थिए ।

1797628_938659782844845_8134118453352109539_n

प्रस्तोतात्रयको विचारमाथि अध्यक्ष–सल्लाहकार जेसी शिव कोईराला, कानुनी सल्लाहकार जेसी गोविन्दप्रसाद देवकोटा, महासचिव जेसी शालिकराम गिरी, कोषाध्यक्ष जेसी अमृतराज बास्तोला, उपाध्यक्ष (सामाजिक) जेसी सुवास सुवेदी, अन्तरशाखा संयोजक जेसी देवराज शर्मा, निर्देशक जेसी छविलाल पौडेल, निर्देशक जेसी यज्ञपुरुष रिजाल, साधारण सदस्य जेसी रञ्जन अधिकारी लगायतले टिप्पणी गरेका थिए ।

जेसी मोहन थापाले स्वागत तथा कार्यक्रम संयोजक जेसी नारायण खनालले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष (व्यक्तिगत विकास क्षेत्र) जेसी नविन थापा लगायतको उपस्थिति थियो ।

कमेन्ट गर्नुहोस्
Share: