महेन्द्र गुरुङ सहित १३ जना घरौटीमा रिहा, गुण्डा भएको प्रमाण ल्याए कार्वाही भोग्न तयार

Share:

पोखरा, चैत ८ गते ।  प्रहरीलाई कुटेको आरोपमा पक्राउ परेका ओजन डिस्कोका संचालक महेन्द्र गुरुङ सहित १३ जना आइतबार रिहा भएका छन् । गत फागुन २३ गते लेकसाइडमा रहेको ओजन डिस्कोमा भएको झडपमा प्रहरी जवान भिम रानालाई कुटपिट गरेको आरोपमा कास्की प्रहरीले संचालक महेन्द्र गुरुङ सहित कर्मचारीलाई पक्राउ गरि सार्वजनीक मुद्धा र तिन जनालाई ज्यान मार्ने उद्योमा मुद्धा दर्ता गरेको थियो ।

आइतबार रिहा हुनेहरुमा डिस्को संचालक महेन्द्र गुरुङ, राजु गुरुङ, शिसिर भुजेल, कृष्ण रानामगर, जीवन ओली, रोशन थापा, रविन गुरुङ, अर्जुन गुरुङ, गोपी गुरुङ, सुसिल गुरुङ, सोम गुरुङ, हरि अधिकारी र दिलबहादुर गुरुङ रहेका छन् । उनीहरुलाई सवैलाई दश हजार रुपैयाँ धरौटीमा रिहा भएका हुन् । उनीहरुलाई १५ दिनमा जिल्ला प्रशासन कार्यालयबाट रिहा गरिएको हो । डिस्कोमा सरोज भटराई लगायको समुहले संचालक गुरुङ माथि आक्रमण गरेपछि त्यहाँ कार्यरत सुरक्षाकर्मीले छुटयाउने क्रममा प्रहरी जावन रानाको टाउकोमा चोट लागेको थियो ।

10303753_363799950470257_6537599124811305366_n-358x300

प्रहरी जवानलाई कुटपिटको आरोपमा पक्राउ परेर रिहा भएका ओजन डिस्कोका संचालक महेन्द्र गुरुङले आफु गुण्डा नभएको बताएका छन् । रिहा भए लगत्तै उनले एक विज्ञप्ति सार्वजनीक गदै आफु गुण्डा नभएको र यदि गुण्डा भएको आरोप प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार रहेको बताएका हुन् । गुण्डा कस्तो ब्यत्तिलाई भनिन्छ त्यस बारेमा मलाई कुनै जानकारी छैन् । म ब्यवसाय गरेर र् युवाहरुलाई रोजागरी दिएका कारण गुण्डा भएको हुँ ? उनले प्रश्न गदै भनेका छन्¬ यसको स्पष्ट जवाफ आरोप लगाउनेहरुले दिन सक्नुपर्छ । मैले गुण्डागर्दी गरेको प्रमाण लिएर आए म जस्तोसुकै सजाय भोग्न तयार छु । उनले फागुन २३ गतेको घटनाको विषमा सत्यतथ्य नबुझीकन आफु विरुद्ध गरिएको प्रचार गलत भएको भन्दै दुःख ब्यक्त समेत गरेका छन् । उनले उक्त घटनालाई लिएर प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको बताए । उनले घटना बारे खुलाउदै भनेका छन् गत फागुन २३ गते राती डिस्कोमा दुई पक्षवीच भएको झडपको बास्तविक घटना नबmुभीकन संचार माध्यमबाट प्रकाशित समाचार प्रति दुःखी छु । संचार माध्यमले सत्य तथ्य नबुझी कुनै ब्यक्तिको उक्सावटमा बदानाम गराउने उद्देश्यले गरिएको प्रचारप्रति म ध्यानाकर्षण गराउन चाहान्छु ।

फागुन २३ गते राति ओजन डिस्को बारको साइडमा विजिवि क्याफेका संचालक सरोज भटराईले एक मणिपाल शिक्षण अस्पतालको चिकित्कस बताउने भारतीय चिकित्सकलाई कुटपिट गरियो भनेको र सो क्रममा छुट्याउन जादा सरोज भटराई र उनका सहयोगीहरुले उल्टै आफुमाथि आक्रमण गरेको बताएका छन् । आफु माथि आक्रमण भएपछि डिस्कोमा कार्यरत सुरक्षाकर्मीले छुट्याउने क्रममा सुरक्षाकर्मीमाथि पनि आक्रमण भएको बताउदै सोही क्रममा आक्रमण गर्ने भटराई लगायतलाई बाहिर निकाल्ने क्रममा अझै आक्रोशित हुदै आफना सुरक्षाकर्मीलाई मुख छाडेको समेत उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । त्यसैवीचमा प्रहरी आएको र प्रहरीमाथि भटराईले नै आक्रमण गरेको हुन सक्छ भन्दै उनले प्रहरी जवान रानाको घाउचोट पटक हेर्दा पनि तर्फ फर्किएको र उनको देव्रे निधारमाथि चोट लागेको बताए । उनले आफुलाई प्रहरीले गिरफतार गदै प्रहरी भ्यानमा राखेपछि मात्रै जवान राना कुटिएको थाहा पाएको बताएका छन् । घटना निश्पक्ष तरीकाले छानविन नगरी भटराई पक्षलाई फागुन २४ गते नै छाडिएको र आफु लगायत १३ जनालाई सार्वजनीक र तिन जनलाई ज्यान मार्ने मुद्धा लगाइयो बताएका छन् ।

उनले विज्ञप्तििमा भनेका छन् घटना हाम्रो डिस्कोभित्रै भएकाले हामीलाई म्याद थप गरि सार्वजनीक मुद्धा दायर गरि सोधपुछ गरियो यसप्रति कुनै गुनासो छैन् । तर पनि कास्की प्रहरी र केही संचार माध्यमलाई गलत सुचना दिएर थुन्ने र बदनाम गराउने काम गरिएको प्रति असन्तुष्टि जनाएका छन् । उनले विगतमा साथीभाईको लहैलहैमा झैझगडामा सम्लगन भएको हो तर पछिल्लो समयमा आफुलाई परिवर्तन गदै १२ वर्ष देखि निरन्तर ब्यवसायमा सम्लग्न रहेको स्पष्ट पारेका छन् । कुनै ब्यत्तिले अन्जानमा गरेका गल्तीलाई सच्याउने मौका पाउछ र मैले पनि विगतलाई बिर्सेर वर्तमानमा समाज परिवर्तनमा लागेको यतार्थतालाई लुकाउने काम भएको बताउदै कुनै संगठन र शक्तिको दुरुपयोग नगरेको बताएका छन् । उनले कुनै ब्यक्तिको विषयलाई लिएर पार्टी र संगठनलाई जोडनु गलत भएको विज्ञप्तिमा भनेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: