आज विश्व क्षयरोग दिवस, ‘सबै छुटेका क्षयरोगीलाई उपचारमा ल्याई निको पारौं’

Share:

रञ्जन अधिकारी पोखरा १०, चैत / आज मार्च २४ अर्थात् विश्व क्षयरोग दिवस । ‘सबै छुटेका क्षयरोगीलाई उपचारमा ल्याई निको पारौं’ भन्ने नाराका मंगलबार विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाईएको छ। सन् २०५० सम्ममा नेपालबाट क्षयरोग उन्मुलन गर्ने लक्ष्य लिईएको छ । पोखरामा पनि सचेतना मुलक ¥याली निकालिएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय क्षयरोग उपचार केन्द्र, पोखराका प्रमुख डा. मुकुन्दप्रसाद आचार्यका अनुसार पूर्वान्ह १० बजे महेन्द्रपुल पोखराबाट सुरु भएको ¥याली रानीपौवा हँुदै क्षेत्रिय क्षयरोग केन्द्रमा पुगेर टुंगिएको थियो । ¥यालीमा सहभागी हुने सबैलाई उनले धन्यवाद व्यक्त गरेका छन् । नेपालले अहिले सम्म ७० देखि ८० प्रतिशत मात्र क्षयरोगीहरु पत्ता लगाउन सकेको भन्दै उनले नेपालमा वर्षेनी करिव ७ हजार जना क्षयरोगकै कारण मृत्यु हुने गरेको उल्लेख गरे । वार्षिक ४५ हजार नयाँ क्षयरोगी थपिने र अझै १५ हजार जति रोगी लुकेर बसेको अनुमान गरेका छन् ।

वरिष्ठ छाती, पेट तथा मुटु रोग विशेषज्ञ समेत रहेका डा. आचार्यले यो रोग लागेका बिरामीहरुले सुरुका चरणमा नियमित रुपमा ६ महिनासम्म औषधि सेवन गरेमा निको हुने भएकाले लुकेर नबस्न आग्रह गरेका छन् । क्षयरोगको स्वास्थ्य परिक्षण तथा औषधि निशुल्क रुपमा स्वास्थ्य संस्थामा पाईने भएकोले यसको फाईदा लिनको लागि विरामी तथा उनका आफन्तलाई उनले आग्रह गरे । शरीरको फोक्सोमा ६० प्रतिशत र अन्य कुनै पनि अंगमा लाग्न सक्ने उक्त रोगबाट बचाउन जनतामा सचेतना बढी आवश्यक भएको उनको भनाई छ ।

‘अहिले उपलब्ध औषधिहरुको प्रयोगले नेपालमा ९० प्रतिशत क्षयरोगीहरु निको भएका छन् ।’ उनले भने– ‘ हाम्रो देशमा उपलब्ध क्षयरोग विरुद्धको उपचार पद्धति डट्स तथा डट्स प्लस संसारकै एक उत्कृष्टमा गनिन्छ । ’ चिकित्सकको निगरानीमा गरिने उपचार पद्धति अर्थात डट्स्को माध्यमबाट ६ देखि १२ महिनासम्म नियमित रुपमा औषधी सेवन गरेमा यो रोग निको हुन्छ । कास्कीका विभिन्न उपचार केन्द्रबाट निःशुल्क उपचार गरिन्छ ।

क्षयरोग अर्थात् टिबि माइकोव्याक्टेरियम ट्यूवरक्लोसिस नामक जीबाणुबाट हुने सरुवा रोग हो । यस जिवाणुले मुख्यगरी फोक्सोमा आक्रमण गर्दछ साथै शरीरका अन्य भागहरु जस्तैः हाड, जोर्नी तथा मष्तिस्कमा पनि संक्रमण गराउन सक्छ । क्षयरोगको बिरामीले खोक्दा, हाच्छयूँ गर्दा समेत अन्य व्यक्तिलाई सर्दछ ।

पश्चिमाञ्चल क्षेत्रिय स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर कालु शर्मा सुवेदीले सबैभन्दा चाँडै सर्ने घातक रोग क्षयरोग भएपनि उपचार पाए सहजै सञ्चो हुने भएकाले तुरुन्त उपचार गर्न उनले आग्रह गरे । यो रोग सुरुवा रोग भएकोले मानिसहरुको भिडभाड हुने स्थानहरुमा सकभर माक्स प्रयोग गर्न तथा विरामीहरुको लसपस हुने गरी नबस्न पनि उनले आग्रह गरेका छन् ।

१५ हजार वर्ष पुरानो मानिएको यस रोग सन् १८८२ मार्च २४ मा प्रसिद्ध बैज्ञानिक रोबर्ट कोचले क्षयरोगका किटाणु पत्ता लगाएको उद्घोष गरेका थिए तर यो रोग विरुद्धको औषधि त्यसको धेरै वर्ष पछि सन् १९४३ मा वैज्ञानिक सेलमनले पत्ता लगाए ।

क्षेत्रीय स्वास्थ्य निदेृशनालय क्षय कुष्ठ निरीक्षक रेकबहादुर थापाले सञ्चालन गरेको कार्यक्रममा नेपाल क्षयरोग निवारण संस्था कास्कीका केशवराज भण्डारीले सन् २०५० सम्ममा क्षयरोग मुक्त मुलुक बनाउने लक्ष्य लिएपनि रोगीहरुलाई औषधि दिएर पठाउँदैमा यसको निवारण नहुने बताए । उनले बिरामीलाई आवासकै व्यवस्था गरी डाक्टरकै निगरानीमा उपचार गराउने व्यवस्था शहरदेखि गाउँगाउँमा हुनुपर्ने जोड दिए । अहिले तनहुँको बन्दिपुरमा १३ जनालाई आवासीय सुविधा सहित उपचार गराउँदै आएको तर यो अपर्याप्त रहेको डा. आचार्य बताउँछन् ।

कमेन्ट गर्नुहोस्
Share: