
१० चैत, तनहुँ / “आर्थिक, सामाजिक, खेलकुदको विकास कृषि तथा पर्यटनको प्रवद्र्धन, खैरेनीटार महोत्सव कला र संस्कृतिको संरक्षण” भन्ने मुल नाराका साथ गत शुक्रबारदेखि तनहुँको खैरेनीटारमा साँतौ खैरेनीटार महोत्सव सञ्चालन भइरहेको छ । तनहुँ उद्योग वाणिज्य संघ खैरेनीटार बजार इकाइ र शुक्लागण्डकी नगरपलिका तनहुँले आयोजना गरेको सातौं खैरेनीटार महोत्सवको पाँचौ दिन मंगलबार मात्र २० हजार दर्शकले अवलोकन गरेका छन् भने करिब ३५ लाख रुपैयाँ बराबरको आर्थिक कारोवार भएको महोत्सवका प्रवक्ता हरि बहादुर थापाले बताउनु भएको छ ।
महोत्सवको पाचौँ दिनमा मंगलबार शिब हमाल , कृष्णा गुरङ्ग ,सालु गौतम लगायतका कलाकारले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । त्यस्तै बुधबार लोक गायक गायीका पशुपति शर्मा, राधीका हमाल, कृष्ण देबकोटा, लक्ष्मी नेपाली लगाएतका करालकारको प्रस्तुती रहने आयोजकले बताएको छ । बुधबारदेखी नै सास्कृतिक कार्यक्रम तर्फ भजन कृतन प्रतियोगीता , रत्यौली प्रत्योगीता र झ्याउरे नाच समेत प्रस्तुत गरिने प्रबत्ता थापाले जानकारी दिनु भएको छ ।
चैत्र १७ गतेसम्म सञ्चालन हुने महोत्सवमा स्थानीय सांस्कृतिक प्रदर्शनी, धार्मिक एवं ऐतिहासिक स्थलहरुको अवलोकन, जलविहार, गुफा अवलोकन, तीनखोले देवी मन्दिर दर्शन, दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रदर्शनी एवं बिक्री, कृषि प्रदर्शनी, घरेलु तथा हस्तकलाका सामग्री प्रदर्शनी एवं बिक्री, बाल उद्यान, रमाईलो मेला, मिनी चिडिया घर, पश्चिमाञ्चल गायन तारा प्रतियोगिता, युगल नृत्य प्रतियोगिता, भलिबल प्रतियोगिता लगायत मुख्य आकर्षणहरु रहेका छन् ।
महोत्सवले ग्रामीण पर्यटकीय क्षेत्र दगाम, भुजिकोट, तीनखोले देवी मन्दिर, ढोरवाराही मन्दिर, सेती नदी किनारमा रहेको रक गार्डेन लगायत स्थानको प्रचार प्रसारमा थप टेवा पुग्ने आयोजकले अपेक्षा गरेको छ । महोत्सव अबधिभर करिब ४ करोड ५० लाख रुपैयाँको आर्थिक कारोवार गर्ने र २ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवका आर्थिक निर्देशक समुन्द्रराम श्रेष्ठले जानकारी दिनुभयो । साथै महोत्सवबाट हुने आम्दानीेले खैरेनीटारका सडकमा सोलारबत्ती र सिसिटिभी जडानमा लगानी गरिने महोत्सवका संयोजक एवम् ईकाईका सभापति अर्जुनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
