एमाओवादी मोर्चाको आन्दोलन दबाउन ६२ हजार फौज

291
0
Share:

काठमाण्डु, ११ चैत / एमाओवादी नेतृत्वमा ३० दलीय मोर्चाद्वारा घोषित आन्दोलनलाई कुनै हालतमा असफल पार्न करिब ६२ हजार सुरक्षाकर्मी परिचालन गर्न गृह मन्त्रालयले तयारी पूरा गरेको छ । उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमको निर्देशन र सक्रियतामा भएको यो तयारीबारे उनले प्रधानमन्त्री सुशील कोइरालालाई जानकारी दिएका छन् ।

website photoगृह सचिव,नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु ,नेपाली सेनाका जर्नेल,प्रहरीका अपरेसन विभागका प्रमुख र उपत्यका प्रमुख तथा पाँचै क्षेत्रका क्षेत्रीय प्रशासकको दलबलसहित ब्रिफिङका लागि सोमबार बिहान ९ बजे बालुवाटार पुगेका उपप्रधानमन्त्री वामदेव गौतमले उक्त संख्याको फौजलाई दैनिक दुई सय ५० रुपैयाँका दरले खाजा खर्च अर्थमन्त्रालयबाट अलग्गै निकासा हुनुपर्ने माग पनि गरे ।

सुरक्षा तयारीको जानकारी दिन प्रधानमन्त्रीले अर्थमन्त्री डा.रामशरण महत, कानुनमन्त्री नरहरि आचार्य, सञ्चारमन्त्री मीनेन्द्र रिजाल र वनमन्त्री महेश आचार्यलाई पनि बालुवाटार बोलाएको थियो ।

गृहमन्त्रालयको हिसाबअनुसार सरकारले फौजको खाजाका लागि मात्र दैनिक एक करोड ५० लाख रुपैयाँसम्म निकासा दिनुपर्ने छ । आन्दोलनकारी नियन्त्रण गर्न फौजले बिहीबारदेखि खट्नुपर्ने भएकाले उनीहरुको मनोबल उठाउन भत्ताको व्यवस्थ ागर्न लागेको हो ।

कमेन्ट गर्नुहोस्
Share: