पत्रकार पौडेलमाथि प्रहरीको कुटपिट, कास्की प्रहरीको ज्यादती बढ्दो ।

Share:

रञ्जन अधिकारी पोखरा, १५ चैत / तीस दलिय मोर्चाले आइतवार पोखरामा प्रर्दशन गरेको लाठ्ठी जुलुशको समाचार संकलन गर्न गएका कान्तिपुर टेलिभिजनका पत्रकार इन्द्र पौडेल माथी प्रहरीले कुटपिट गरेको छ । कास्की प्रहरीले पत्रकारलाई निशाना बनाउँदै आईरहेका छन् ।  पत्रकारलाई स्वतन्त्रतापूर्वक समाचार संकलन गर्न पाउने अधिकार छ तर प्रहरीले भने जानाजान पत्रकारमाथि दुव्यव्ृहार गर्दै आएका छन् ।

 घटना प्रति पत्रकार महासंघ कास्कीले ध्यानाकर्षण भएको जनाएको छ । पत्रकार पौडेलका अनुसार न्युरोडमा भएको झडपको भिजुअल खिचिरहेको बेलामा प्रहरीले–“हामीले पिटेको मात्रै खिच्ने” भन्द कुटपिट गरेको थिए । पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले प्रेस विज्ञप्ती जारी गर्दै कास्की प्रहरीलाइ यस्ता घटना नदोह¥याउन सचेत गराउँदै उक्त घटना प्रति खेद प्रकट गर्नुका साथै स्वतन्त्र पुर्वक समाचार संकलन गर्ने वातावरण बनाउन माग समेत गरेको छ ।

साथै जुलुशमा सहभागी तीस दलिय मोर्चाका कार्यकर्ताहरुले पत्रकार महासंघ कास्कीका सल्लाहकार राजबहादुर गुरुङ्गको पोखराको न्युरोडमा पार्किङ्ग गरी राखेको प्राइभेट कारमा तोडफोड गरेकोमा पनि तीस दलिय मोर्चालाइ यस्ता घटना नदोहो¥याउन सचेत गराउदै घटना प्रति खेद प्रकट गरेको छ । सल्लाहकार गुरुङका अनुसार रोक्दा रोक्दै पनि आन्दोलनकारीले कारको अघिको सीसा फुटाएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: