
पोखरा, १५ चैत / पोखरामा आज ३० दलीय मोर्चाले निकालेको लाठी जुलुस माथी प्रहरीले हस्तक्षेप गर्दा सभासद सहित एक दर्जन नेता कार्यकर्ता घाइते भएका छन् । पोखराको पृथ्वीनारायण क्यामपस गेट बाट निकालीएको जुलुस न्दिबासी नालामुख हुदौ न्युरोड आइपुग्दा प्रहरीले हस्तक्षेप गरेको ३० दलीय मोर्चाले जनाएको छ ।
प्रहरीले बगरमा पनि दमन गर्ने प्रयास गरेको र न्युरोडमा आउदै गर्दा नगरपालिका कार्यलय तल आए पछि प्रहरीले दमन गरेको एमाओबादीका नेता रामजी बराल जिवनले बताउनु भएको छ ।प्रहरी प्रर्दशनकारीमाथी ठाडो हस्तक्षेप गर्दा एमाओबादीका सभासद तेज कुमारी पौडेल लगायतका नेता कार्यकर्ता घाइते हुनु भएको छ । एमाओबादीका जिल्ला सचिव विष्णु पौडेल संगै प्रकाश पौडेल, निर्मला न्योपाने , मनोज रसाईली , सुवास पौडेल , गुणराज बास्तोला , नविन शर्मा ,विजय थापा गम्भीर घाइते हुनु भएको र उहाँहरुको फेवासिटी अस्पतालमा उपचार भइरहेको छ भने एमाओबादीका नेता देवी सुवेदी चरक अस्पताल र लिला जिसी , विद्यार्थी नेता दिनेश पौडेलको फिस्टेल अस्पातलमा उपचार भइरहेको बताइएको छ । एक जना सर्वसाधरण पनि शख्त घाइते रहेको तर उनको परिचय नखुलेको बताइएको छ । यसै विच दोहोरो झडपको क्रममा प्रहरी तर्फ ३ जना सामान्य घाइते भएको र प्रर्दशनकारीले न्युरोडमा रहेको एक घरमा ढुङा प्रहार गरेपछि प्रहरीले रोक्ने क्रममा झडप भएको कास्की प्रहरी प्रमुख हरि बहादुर पालले बताउनु भएको छ ।झडपको क्रममा पोखराको न्युरोडमा रहेका केही सवारी साधनमा समेत क्षती पुगेको बताइएको छ ।
उता चितवनको नारायणगढमा एमाओवादी नेतृत्वको ३० दलिय मोर्चाले लाठी जुलुस निकाल्ने क्रममा प्रर्दशनकारी र प्रहरीविच झडप भएको छ । दिउंसो सवा १२ बजे क्याम्पाचौरबाट लायन्सचोक पुगेको लाठी जुलुसलाई प्रहरीले हस्तक्षेप गरेपछि केहिवेर तनाव भएको थियो । प्रहरीको लाठीचार्जबाट जिल्ला परिषदका सदस्य ओमनाथ पाण्डेसहित आधादर्जन नेता कार्यकर्ता घाईते भएको एमाओवादी चितवनका अध्यक्ष यमबहादुर परियारले जानकारी दिनुभयो ।
यस्तै प्रहरीले पार्टी जिल्ला ईन्चार्ज ईश्वरी भट्टराई , अध्यक्ष परियार , केन्द्रिय परिषद सदस्य ठाकुर ढकाल , क्षेत्र नं ५ का ईन्चार्ज अन्जान तिमल्सिना , क्षेत्र नं ४ का ईन्चार्ज बाबुराम खरेल र वाइसियलका माडी ईन्चार्ज सन्तोष पनेरुलाई गिरफ्तार गरेको अध्यक्ष परियारले जानकारी दिनुभयो । आफुहरुले शान्तिपूर्ण ढंगबाट पार्टीको कार्यक्रमलाई अगाडी बढाउने क्रममा प्रहरी प्रशासनले ज्यादती गरेकोमा एमाओवादी चितवनले घोर भत्र्सना गरेको छ ।
