
पोखरा, १४ चैत। आर इभेण्ट ट्रेनर नेपालले पोखरामा गरेकोे पोखरा लिङकन मिस पोखरा क्वीन – २०१५ को उपाधी पोखरा सृजनाचोककी अन्जना दासले जितेकी छन्। शनिवार पोखरा सभागृहमा भएको अन्तिम प्रतिस्पर्धामा १६ जनालाई पछाडीपार्दै उनले उपाधी जितेकी हुन्। उपाधि बिजेता दासले नगद ५० हजार र ट्रफि प्राप्त गरेकी छन्।
त्यसैगरी पोखरा बिरौटाकी सुएशा गुरुङ फष्ट रनर अपहुदै २५ हजार, ट्रफि र पोखरा दिपकी लिजा भट्टचन सेकेण्ड रनर अपहुदै १५ हजार सहित ट्रफि प्राप्त गरेकी छन्। विजेतालाई कार्यक्रमका प्रमुख अतिथि पर्यटनविद् झलक थापा सहित निर्णायकहरुले पुरस्कृत गरेका थिए।
प्रतियोगिताको निर्णायकमा पम्फा गुरुङ, मिना गुरुङ, विश्वशंकर पालिखे, बुद्विलक्ष्मी गुरुङ, ध्रुवबहादुर थापा, सलिना गुरुङ थिए। प्रतियोगितालाई पोखराको पोखरा लिङकन इन्टरनेशनल कलेजले मुख्य प्रायोजन गरेको थियो। प्रतियोगितामा १६ देखि २५ वर्ष उमेरसम्मका युवतीहरुलाई मात्र सहभागि गराईएको थियो।
युवतीहरुको क्षमता अभिवृद्विसँगै आत्मविश्वास विकास गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको हो। आर इभेण्ट ट्रेनर नेपालका अध्यक्ष रवीन गुरुङले अव प्रत्यक वर्ष नै मिस पोखरा क्वीन गर्ने जानकारी दिए।
सवैपक्षबाट मिलेको सहयोगका कारण उत्साहित छौ अध्यक्ष गुरुङले भने – रचनात्मक गतिविधिलाई प्राथमिकता दिदै जानेछौ। यसअघि ट्रेनर नेपालले सन् २००४ मा फष्ट पोखरा क्वीन र त्यसपछि मिष्टर एण्ड मिस पोखरा, मिस लेखनाथ, मेगा मोडल, मःमः मेला, दशै महोत्सव, योगी विकासानन्दसँग योग शिविर जस्ता कार्यक्रमहरु सम्पन्न गरिसकेको छ।
News/Photo: Nabin Sigdel

