
२४ चैत, काठमाडौं / अष्ट्रेलियन ब्याट्सम्यान फिलिप हृयुजप्रति श्रद्धान्जली दिन आगामी शनिबार हुने खेलका लागि टीम घोषणा भएको छ ।
टीम निलोको कप्तानी विनोेद दासले गर्नेछन् । नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान दासको यो अन्तिम अन्तराष्ट्रिय खेल हुनेछ । उक्त खेलका क्रममा १७ वर्षे खेल जीवनबाट सन्यास लिनेछन् ।
टीम रातोको कप्तानी रायन कार्टरले गर्नेछन् । उनको टीममा अष्ट्रेलियन पूर्व क्रिकेटरहरु टीम एन्डरसन र म्याथु इलियन पनि छन् ।
अष्ट्रेलियाका अन्य खेलाडीहरु नआउने भएपछि नेपाली खेलाडीहरुलाई नै दुई समूहमा विभाजन गरेर खलाइने भएको छ ।
टीम ब्लूमा कप्प्तान दास, पारस खड्का, अनिल मण्डल, विनोद भण्डारी, शक्ति गौचन, प्रदिप ऐरी, करण केसी, नरेश बुढायर, अभिनाश कर्ण, भुवन कार्की, महेश क्षेत्री, अमृत भट्टराई, राहुल विक र रामनरेश गिरी छन् ।
टीम रेडमा कप्तान कार्टरसहित टीम एन्डरसन र म्याथु इलियन अष्ट्रेलियन क्रिकेटर हुन् । अन्य सदस्यमा शरद भेसवाकर, ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल, बसन्त रेग्मी, पृथु बास्कोटा,
सोमपाल कामी, जितेन्द्र मुखिया, राजेश पुलामी, राजवीर सिंह र प्रज्वल शाही छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा २८ गते शनिबार हुने खेल ६३ ओभरको हुनेछ
