हेम्जा आलु महोत्सबलाई बन्दले छोएन, दर्शकको भिड

Share:

पोखरा, २४ चैत। हेमजामा शुरु भएको छैटौ हेमजा आलु महोत्सवलाई वन्दले खासै असर गरेन । ३० दलिय मोर्चाले गरेको वन्दमा पनि महोत्सबमा दर्शकको उपस्थिति बाक्लो थियो ।

वन्दको वेलामा कहाँ जाने त, भन्ने भयो अनि साथी भाई भएर आलु महोत्सवमा जाउ भनेर महोत्सवमा आईयो महोत्सवमा पोखरा बाट सहभागि हुन आएका अधिकाँश दर्शकले भने–महोत्सव आएर आलुका परिकार सगै साँस्कृतिक कार्यक्रममा रमाउन पाईयो रमाईलो भयो। वन्दले महोत्सवमा दर्शको उपस्थिति कम हुन्छ भन्ने आयोजकले डर मानिरहेको वेला महोत्सवमा दर्शकहरुको उपस्थितिले आयोजकलाई हौसला थपेको छ ।

वन्दले महोत्सवमा दर्शक सहभागि हुन्नन् की भन्ने डर लागेको थियो, तर सहभागि देख्दा आयोजकलाई उत्साह थपेको छ महोत्सव मुल आयोजक समितिका संयोजक रमेश कार्कीले भने–वाकि दिनमा पनि महोत्सवमा सहभागि भई हामीलाई सल्लाह सुझाव दिनुहुन्छ भन्ने हामीले अपेक्षा गरेका छौ । यो महोत्सव विशुद्ध कृषकहरुको भएकाले महोत्सवमा वन्द नगरिदिन सम्वन्धि पक्ष सग उनले आग्रह गरे ।

दुई दिन सम्म २५ हजार दर्शकले महोत्सवको अवलोकन गरेको र महोत्सव भित्र र वाहिर गरि करिव १० लाखको आलुको कारोवार भएको महोत्सव मुल आयोजक समितिका कोषाध्यक्ष महेन्द्रसिंह थापाले जानकारी दिए । महोत्सवको मंगलबार नबिन पौडेल, चोलेनद्र पौडेल, कृष्ण गुरुङ, ईन्द्र गुरुङ, श्रीराम अधिकारी, रामजी पौडेल, केशव घिमिरे, शिबहरी ढुङ्गाना, निशा पोखरेल, जीवन दाहाल, बिजय के.सी., बिनोद बि.क लगायत चर्चित कलाकारको प्रस्तुति रहने सास्कृतिक उपसमिति संयोजक दानबहादुर थापाले जानकारी दिए ।

महोत्सवको बुधबार रामजी खाँड, कृष्ण गुरुङ, प्रजापति पराजुली, सरस्वती लामिछाने, तारापती सुवेदी, चोलेन्द्र पौडेल, शिवहरी ढुङ्गाना, सुरेन्द्र गुरुङ जीवन दाहाल, विजय केसी मञ्जु विक लक्ष्मी सुवेदीको प्रस्तुती रहने छ । भने हास्य व्याङग्य तर्फ पोखरेली माग्ने वुढा र धुर्मुसको प्रस्तुती रहने छ । सुन्दर ठाँउ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक भन्ने मुल नाराका साथ आयोजीत महोत्सव २९ गते सम्म चल्ने छ ।

महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको वृहत प्रदर्शन, आलुको ठुलो पहाड, आलुका विभिन्न परिकार, वाल उद्यान, विविध साँस्कृति कार्यक्रम, लोक दोहोरी, झाँकी प्रदर्शनी, नृत्य प्रतियोगिता, हास्यकलाकारको वेजोड प्रस्तुती, जापानीज सुन्तला प्रदर्शनी, कृषि प्रदर्शनी तथा सेती नदिमा ¥याफ्टिड्ड, जिपलाईन फ्लायर र प्याराग्लाईडिड्डका लागि टिकट उपलब्ध गराईने छ ।

महोत्सवमा टिकटको मुल्य ५० रुपैयाक कायम गरिएको छ भने विद्यार्थीलाई ३० रुपैया कायम गरिएको आयोजकले जनाएका छन् । महोत्सवमा आलुको मुल्य २८ रुपैया तोकिएको छ। महोत्सवमा आलुका विभिन्न परिकारहरु राखिएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: