एजेन्सी नयाँदिल्ली, चैत २७ / दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले केन्द्र सरकारभन्दा आफ्नो सरकारले राम्रो शासन गरिरहेको दाबी गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीसँग तुलना गर्दै केजरिवालले मोदी सरकारको नीति धनीको हितमा रहेको तर आफ्नो नीति आम नागरिकमा केन्द्रित भएको बताए।
उनले मोदीको भन्दा आफ्नो शासन उपयुक्त भएको प्रमाण लोकसभा चुनावलाई मानेका छन्। ‘दिल्लीका जनताले मेरो ४९ दिने कार्यकाल हेरेका थिए र मोदीको आठ महिना शासन पनि हेरे। दुवैको तुलनापछि जनताले हामीलाई विधानसभामा ७० मध्ये ६७ सिटमा जिताए‘ केजरिवालले भने।
गएको लोकसभा चुनावमा नरेन्द्र मोदीसँगै पराजित भएका केजरिवालले पाँच वर्षपछि दिल्ली बाहिरका जनताले निर्वाचनमा आफ्नो पार्टीलाई पत्याउने आशा पनि ब्यक्त गरेका छन्।
