सस्थागत भष्टाचारमा अख्तियार पुगेन, साना तिना कार्वाहीमा मात्र सिमित

Share:

माधब पनेरु,पोखरा, चैत्र २७ / नेपालमा शदियौ देखि जरो गाडेको भष्टाचारको अन्त्य गर्न कठिन छ । पछिल्लो समय देशका पाँच बिकास क्षेत्रमा सम्पर्क कार्यालय राखेर काम गरेको राज्यको एक मात्र बैधानिक निकाय अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगले पनि केही प्रचारात्मक काम भन्दा अरु गर्न सकेको छैन ।

अख्तियार पाएको ब्याक्तिले अख्तियारको अपचलन गर्नु तथा गलत नियतले आबस्यक तथा अनाबस्यक काम गर्नु र गराउनु अख्तियार दुरुपयोग भएपनि केही सिमित दायरा भन्दा माथि नेपालको अख्तियार दुरुपयोगको अनुसन्धान हुन सकेको छैन ।  पोखरा कार्यालय स्थापना भएपछि पहिलो पटक प्रत्यक्ष छापा मारेर नगद १० हजार घुस लिएको प्रमाण् सहित पोखरा उप– महानगरपालिकाका नायव सब्वा भरत पौडेललाई कार्वाही अगाडी बढाएपनि उक्त कार्यालयका अन्य मुद्धाहरुमा भने अख्तितयारको पहँुच कम पुगेको छ ।

कसैलाई रंगेहात समातेर कार्वाही गर्ने कुराले सिमित कर्मचारीहरुलाई मात्र सचेत गराउन सक्छ । तर नेपालमा भएका सस्थागत भष्टाचार र फाँटवालालाई मुँखमा पारेर भष्टाचार गर्ने हाकिम सम्म अख्तियार पुग्न सकेको छैन । बिषेश त रंगेहात समातीने कर्मचारीले पनि हाकिमलाई दोश नदिने गरेका कारण पनि कार्वाही गर्न अप्ठेरो परेको अख्तियार कार्यालय पोखराका प्रबक्ता सरिता खतिवडाले बताईन । जो रकम सहित समातिन्छ उसैलाई मात्र कार्वाही गरीने भएकाले यस अघि उजुरीकर्ताले समते आरोप लगाएका मालपोत कार्यालय पोखराका अधिकृतले उन्मुक्ती पाएका थिए । यसै गरि पोखरा उप– महानगरपालिकामा पनि संबन्धीत शाखा प्रमुखले उन्मुक्ती पाउने अबस्था भएको छ ।

अख्तियार कार्यालययले अनुसन्धानको लागि नियन्त्रणमा लिए पछि नायव सुब्वा पौडेलले रकम लिएर काम गरिदिएका अन्य मानिसहरु पनि भेटिएका छन । पैसा नदिई नगरपालिकाको कानुन शाखामा कामै हुने थिएन । अख्तियारले अब समातेपनि उसले सकेजति कमाईसकेको भन्दैे एक जना सेवाग्राहीले सञ्चारकर्मिहरुको बिचमा भने । नगरपालिकाका अन्य शाखाहरुमा पनि पैसा दिएर मात्र काम गर्नुपर्ने अबस्था भएको नगरवासिहरुको गुनासो बाहिर आउन थालेको छ । कानुनी प्रमाण नष्ट हुने र दावि बिरोध गर्न अबस्था नभएका कारण सेवाग्राहीहरुले पैसा दिएर काम गराएपनि बाहिर आएर नभन्ने समस्याका कारण पनि काम गर्न अप्ठेरो परेको प्रबक्ता खतिवडाले बताईन ।

अख्तियारले अब सस्थागत तथा सेटिङ्ग मिलाएर रकम खानेहरुलाई समेत कार्वाही गर्न सक्ने अबस्था बनाउनु पर्ने सर्बसाधारणहरुको भनाई छ ।

कमेन्ट गर्नुहोस्
Share: