पर्यटक दौडमा एक सय ६७ सहभागी

Share:

पोखरा,  चैत ३० / पश्चिमाञ्चल होटल संघको आयोजनामा सोमबार लेकसाइडमा सम्पन्न पर्यटक दौड प्रतियोगितामा बेलायतका ड्यान विलियम्स प्रथम भएका छन् । यसैगरी प्रतियोगितामा फ्रान्सका लुकास दोश्रो र बेल्जियमका फ्लोरियन तेश्रो भए । सान्त्वना स्थान भने अमेरिकाका मार्कोले हासिल गरे ।

पोखरामा जारी १२ औं फेवा नव वर्ष महोत्सव अन्तर्गत लेकसाइडको हल्लनचोकबाट सुरु भएको दौडमा महिला तर्फको छुट्टै मुल्यांकनमा भने अष्ट्रेलियाकी इमा प्रथम भइन् । डेनमार्ककी ग्राईले दोश्रो स्थान हासिल गरिन् भने डेनमार्ककै अन्ना तेश्रो भइन् । सान्त्वना स्थान भने बेल्जियमकी लिसाले हासिल गरिन् ।

प्रतियोगितामा कूल एक सय ६७ पर्यटकले भाग लिएको दौडका संयोजक ज्याक तामाङले जानकारी दिए ।

प्रथम भएका महिला पुरुषलाई पोखराबाट काठमाडौं सम्मको उडान टिकट, मायाको चिनो र विजी वी क्याफेमा ककटेल डिनरको व्यवस्था गरिएको छ । दोश्रो हुनेलाई ३० मिनेटको प्याराग्लाइडिङ उडान, मायाको चिनो र विजी वी क्याफेमा नै ककटेल डिनर प्रदान गरिएको छ । यसैगरी तेश्रो हुनेलाई पोखराबाट काठमाडौं सम्म डिलक्स बसको टिकट, टोकन अफ लभ र सोही क्याफेमा ककटेल डिनर प्रदान गरिएको प्रतियोगिताका अर्का संयोजक केशवराज पहारीले जानकारी दिए ।

सहभागीहरु हल्लनचोकको पिस प्लाजा होटल नजिकबाट दौडेर बाराही चोक हुँदै फिस्टेल गेटसम्म दुई किलोमिटर दौडेका थिए । सहभागीले टिसर्ट निशुल्क प्राप्त गरेका थिए । पोखराको पर्यटन प्रवद्र्धन गर्न र नेपाली संस्कृति तथा फेवा तालको संरक्षण गर्न प्रतियोगिता आयोजना गरिएको आयोजक पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष भरतराज पराजुलीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: