रत्नश्री जिमका मनोज केसी दोस्रो मिस्टर कास्की घोषित

Share:

पोखरा, ३० चैत। चौथो वृहत खेलकुद महोत्सवअन्तर्गत जिल्ला खेलकुद विकास समितिको आयोजना तथा कास्की जिल्ला शारीरिक सगठन तथा फिटनेश सेन्टरनको व्यवस्थापनमा सोमबार पोखरा उद्योग वाणिज्य सङ्घको सभाकक्षमा कास्की जिल्लास्तरीय शारीरिक सगठन प्रतियोगिता–२०७१ दोस्रो मिस्टर कास्की सम्पन्न भयो।

प्रतियोगिताको ओभरअलमा रत्नश्री जिम सेन्टरका ६० केजी तौलसमूहका मनोज केसी दोस्रो मिस्टर कास्की घोषित भए। प्रत्येक तौलसमूहमा प्रथम हुनेहरूबीच गराइएको प्रतियोगितामा केसी दोस्रो मिस्टर कास्की घोषित भएका हुन्। उनलाई सभासद् यज्ञबहादुर थापा र कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटाले नगद १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए। प्रतियोगितामा रत्नश्री जिम सेन्टरकै राजेश श्रेष्ठ बेस्ट पोजर घोषित भए। म्युजिकल राउण्ड र अन्तर्राष्ट्रिय सेभेन पोजका आधारमा प्रत्येक समूहमा विजेता खेलाडी घोषणा गरिएको थियो।

जसअनुसार ५५ केजी तौल समूहमा रत्नश्री जिम सेन्टरका दिनेश जोशी प्रथम, बुल्स जिमका देव जोशी द्वितीय र रत्नश्री जिमका अनुप अधिकारी तृतीय भए। ६० केजी तौलसमूहमा रत्नश्री जिम सेन्टरका मनोज केसी प्रथम, रत्नश्री जिम सेन्टरकै बेगमबहादुर सोमै द्वितीय र बुल्स जिमका धनबहादुर झाँक्रीमगर तृतीय भए।

६५ केजी तौलसमूहमा पोखरा व्यायामशालाका राजकुमार सुनार प्रथम, बुल्स जिम सेन्टरका जीवन थापामगर द्वितीय र बुल्स जिम सेन्टरकै सरोज क्षत्री तृतीय भए। ७० केजी तौलसमूहमा माछापुच्छ«े जिम सेन्टरका किस्मत थापामगर प्रथम, पावर जिम सेन्टरका सुजन श्रेष्ठ द्वितीय र बुल्स जिम सेन्टरका विर्खबहादुर राई तृतीय भए।

20150413_172936

७५ केजी तौल समूहमा द्वितीय बुल्स जिमका रविन गुरुङ 

७५ केजी तौलसमूहमा रुत्नश्री जिम सेन्टरका रमेश श्रेष्ठ प्रथम, बुल्स जिमका रविन गुरुङ द्वितीय र रत्नश्री जिम सेन्टरका भोजराज चौधरी तृतीय भए। ७५ केजीमाथि पावर जिम सेन्टरका राजेश सुवा प्रथम, पावर जिम सेन्टरकै रमेश विक द्वितीय र गण्डकी जिम सेन्टरका बलबहादुर गैरे तृतीय भए।

प्रत्येक तौल समूहमा क्रमशः प्रथम हुनेले जनही नगद पाँच हजार, द्वितीय हुनेले नगद तीन हजार र तृतीय हुनेले नगद दुई हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे। विभिन्न छ वटा तैल समूहमा पोखरामा सञ्चालित विभिन्न जिम सेन्टरका ३५ जना खेलाडीको सहभागिता रहेको थियो।

विजेता खेलाडीलाई मुख्य प्रायोजक फ्युजन ट्रेड सेन्टर प्रालि विरौटाका सञ्चालक सन्तोष अग्रवाल, कस्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल, खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष प्रेमनारायण न्यौपाने,कास्की जिल्ला भारोत्तोल सङ्घका अध्यक्ष राजन बड््गामी, इनिजनियर प्रमिश ताम्राकार, क्योकुशिन बुदोकाई कराँते सङ्घ कास्कीका अध्यक्ष ज्ञानेन्द्र माकाजू, कास्की जिल्ला शारीरिक सुगठन तथा फिटनेश सेन्टरका अध्यक्ष शंकरमान उदास, सुन्दर श्रेष्ठ, निरज गुरुङ, सुरेश गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए।

प्रतियोगिताको मुख्य निर्णायकमा नेपाल शारीरिक सुगठन सङ्घका केन्द्रीय सदस्य शंकरमान उदास, निर्णायकमा लक्ष्मण भट्ट, बुद्धिजंग थापा, उत्तममान उदास र शारीरिक सुगठनका प्रशिक्षक जीवन घिमिरे रहेका थिए।

कास्की जिल्ला शारीरिक सुगठन तथा फिटनेश सेन्टरका अध्यक्ष शंकरमान उदासको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव उमेश सिकेले गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: