
पोखरा, २ बैशाख । यस वर्षको कोरियन भाषा परीक्षाका लागी आबेदन फारम विहिबार देखि खुल्ला भएको छ । पोखरा र आसपासका क्षेत्रका विद्यार्थीका लागी पोखरामा नै फारम भर्ने र परिक्षा दिने व्यवस्थाले विद्यार्थी र कोरियन भाषा पढाउदै आएहरुमा खुसि भएका छन् । पोखराबाटै फारम र परिक्षा दिने व्यवस्थाले निकै खुसी बनाएको एक विद्यार्थीले बताए ।
कोरियन भाषा पढ्दै गरेका एलपि पौडेलले पोखरा अघिल्ला वर्ष फारम भर्न पाएको बताउदै यस वर्ष पोखरबाट फारम भरेकाले पोखरा मै परिक्षा दिन पाउने व्यवस्थाले निकै खुसि बनाएको बताए । उनले पोखरा मै परिक्षा हुदा विद्यार्थीको खर्च बचत हुने, पोखरा सान्त हुदा परिक्षा दिदा पनि सजिलो हुने बताए ।
पौडेलले भने ‘विद्यार्थीहरुले काठमाडौ परिक्षा दिन जादा झन्झ देखि खर्च समेत बढि लाग्ने गरेको थियो’ ‘पोखरा मै हुदा परिक्षा दिन पनि सजिलो हुन्छ त्यसले गर्दा बढि नम्मर ल्याउन पनि सजिलो हुने हुन्छ’। पौडेलले अघिल्लो वर्ष पनि परिक्षा दिएको बताउदै काठमाडौमा परिक्षा दिदा धेरै होहल्ला हुने गरेको बताए । विहिबार देखि शुरु हुने फारम भर्ने प्रक्रिया बैशाख ६ गते सम्म सन्चालन हुनेछ ।
कोरियन भाषा परीक्षाको फारम र परिक्षा पोखरा मै दिदा एकै दिनमा काम सकिने हुदा विद्यार्थीलाई फाइदा पुग्ने कन्चन सरको ए टु जेट कोरीयन भाषा सेन्टरका सन्चालक तथा शिक्षक कन्चन जंग तिवारीले बताए । उनले काठमाडौ जादा धेरै दिन सम्म समय खेरा जाने बताउदै पोखरा मै हुदा एकै दिनमा काम सकिने बताए । उनले कन्चन सरको ए टु जेट कोरीयन भाषा सेन्टरमा करिब ४ सय विद्यार्थी पढेको बताउदै फारम भर्दा विद्यार्थीहरुले ख्याल गरेर भर्न सुझाब दिए ।
उनले पोखरामा सेन्टर हुदा स्याङ्गजा, बुटवल, पर्वत, म्याग्दी, तनुहँ लागएतका जिल्लाबाट समेत फारम भर्न आउने बताए । पोखरामा अहिले करिब २० वटा स्टुचुटमा करिब ५ हजार जना विद्यार्थीले कोरियन भाषा पढि रहेका छन् । श्रम तथा रोजगार मन्त्रालय वैदेशिक रोजगार विभाग इपीएस कोरिया शाखाले पोखरामा करिब १० हजार विद्यार्थीले परिक्षा दिने गरि व्यवस्था मिलाउन लागेको शाखाले जानकारी दिएको छ ।
