गुडलक ७२ को दोश्रो दिन ताराले जितीन् दुइ हजार

Share:

बिग न्युज पोखरा, २ बैशाख । नयाँवर्षको शुभकामना सहित पश्चिमाञ्चलकै नम्बर वान एफएम विग एफएमले गुडलक ७२ नामको गेम शो संचालन गरेको छ । गेम शो मंगलबार बैशाख १ गतेदेखि सुरु भएको छ । तीन दिन अर्थात् ३ गतेसम्म चल्ने रेडियो गेम शोमा स्रोताहरुले सहभागिता जनाएर नगद पुरस्कार जित्न सक्ने एफएमले जनाएको छ ।

गेम शो को दोश्रो दिन नदिपुर कि तारा सुवेदीले दुइ हजार जित्न सफल भइन् । यस्तै लेखनाथका सुमन तिमल्सेनाले एक हजार जित्दा चिप्लेढुङ्गाका गौतम थापाले पाँच सय रुपैया जित्न सफल भएका छन् ।

गेम शो अन्तरगत प्रत्येक दिन एफएमले एउटा प्रश्न सोध्नेछ । र, एसएमएस मार्फत स्रोताहरुले सहि उत्तर दिनुपर्नेछ । सहि उत्तर दिने स्रोताहरुमध्ये प्रत्येक दिन लक्की ड्र मार्फत तीन जना भाग्यशाली विजेता छनौट गरिने एफएमका कार्यक्रम संयोजक संजोग बस्यालले जानकारी दिए । विजेता स्रोताहरुले २ हजार, १ हजार र पाँच सय रुपैँया प्राप्त गर्नेछन् ।

स्रोताहरुले रेडियो गेम शो मा भाग लिनका लागि मोबाईलको मेसेज बक्समा गई BIG<space>FM<space>दिएर प्रश्नको सहि उत्तर लेखि मा पठाउनुपर्नेछ ।

हरेक विशेष पर्वहरुमा विभिन्न खाले ईभेन्ट गर्दै आएको विग एफएमले वर्षको शुरुवातसँगै वर्षेनी गुडलक रेडियो गेम शो संचालन गर्दै आएको छ । यो पटकको गुडलक ७२ लाई काठमाण्डौको ग्लोबल म्यानेजमेन्ट फाउन्डेशनले मुख्य प्रायोजन गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: