कोरियन भाषा परीक्षाका लागी आबेदन फारम भर्नेको पोखरामा घुइचो

Share:

पोखरा, ३ बैशाख/यस वर्षको कोरियन भाषा परीक्षाका लागी आबेदन फारम आज देखि खुल्ला भएको छ । पोखरा र आसपासका क्षेत्रका विद्यार्थीका लागी पोखरामा नै फारम भर्ने र परिक्षा दिने व्यवस्थाले पोखरामा फारम भर्नेका लामो लाइन लागेको छ । पोखरा १६ बाटुलेचौरस्थित विन्ध्यवासिनी उच्च माविमा परिक्षा फारम भर्ने पोखरा र आसपासका जिल्लाबाट समेत युवाहरु आएका छन् ।

अघिल्लो वर्ष पोखरामा फारम भर्ने व्यवस्था भए पनि यस वर्ष देखि परिक्षा पनि पोखरा मै हु्ने हुदा अन्य जिल्लाका विद्यार्थी समेत पोखरामा फारम भर्न आएका छन् । पोखरामा फारम भर्नका लागी बुधबार साझँ बाटै युवाहरु लाइनमा बसेका थिए । अहिले करिब २ किलो मिटर लामो लाइन बनेको बाटुलेचौरका स्थानीयले जानकारी दिए ।

आजबाट शुरु हुने फारम भर्ने प्रक्रिया बैशाख ६ गते सम्म सन्चालन हुनेछ । पोखरामा स्याङ्गजा, बुटवल, पर्वत, म्याग्दी, तनुहँ, लम्जुङ्ग लागएतका जिल्लाबाट फारम भर्न आएका छन् । पोखरामा अहिले करिब २० वटा स्टुचुटमा करिब ५ हजार जना विद्यार्थीले कोरियन भाषा पढि रहेका छन् । श्रम तथा रोजगार मन्त्रालय वैदेशिक रोजगार विभाग इपीएस कोरिया शाखाले पोखरामा करिब १० हजार विद्यार्थीले परिक्षा दिने गरि व्यवस्था मिलाउन लागेको शाखाले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: