आइपिएलमा हैदराबादमाथि दिल्लीको रोमाञ्चक जित

Share:

काठमाडौं, वैशाख ५ / इंन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा दिल्ली डेयर डेभिल्स विजयी भएको छ । शनिबार बेलुका भएको खेलमा दिल्लीले सनराइजर्स हैदराबादलाई ४ रनले हराएको हो ।
१ सय ६८ रनको लक्ष्य पछ्याएको सनराइजर्स १ सय ६३ मा अलआउट भयो । हैदराबादका रवि भोपाराले सवार्धिक ४१ रन बनाएपनि टिमलाई जिताउन सकेनन् । टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले ४विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो ।

दिल्लीका लागि श्रेयस आयरले ६० तथा जेपी डुमिनीले ५४ रन बनाए । निकै रोमाञ्चक खेलको अन्तिम बलमा सनराइजर्सका लागि ५ रन आवश्यक थियो तर करण शर्मा क्याच आउट भएपछि खेलको नतिजा दिल्लीको पोल्टामा परेको हो ।

चार खेलमा दुईमा जित र दुईमा हार व्यहोरेको दिल्लीको ४ अंक भएको छ भने तीनमा हार र एक खेलमा जित निकालेको सनराइजर्सको मात्र २ अंक छ ।

कमेन्ट गर्नुहोस्
Share: