चितवनमा थप १९ जनालाई स्वाइन फ्लु

254
0
Share:

१० बैशाख, चितवन / चितवनमा थप १९ जनामा स्वाइन फ्लु लागेको पुष्टि भएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको पछिल्लो प्रतिवेदनअनसार जिल्लाबाट नमुना पठाइएकामध्ये थप १९ जनामा स्वाइन फ्लु पुष्टि भएको जनस्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ।

swine-flu1यसअघि वैशाख ६ गतेसम्ममा १६६ जनामा स्वाइन फ्लु भएकामा नयाँ प्रतिवेदनअनुसार १९ जनामा सङ्क्रमण पुष्टि भएपछि स्वाइन फ्लु लाग्नेको सङ्ख्या बढेर १८५ पुगेको कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक (किट नियन्त्रण निरीक्षक) रामकुमार केसीले जानकारी दिए।

अझै १८ जनाको नमुना सङ्कलन गरेर केन्द्रमा पठाएकाले त्यसको प्रतिवेदन आउन बाँकी रहेको उनले बताए। अहिले थपिएकामा १८ जना चितवनका र एकजना उदयपुर घर भएका बिरामी छन्।

चितवनमा पहिलो चरणको परीक्षणमा शङ्कास्पद देखिएकाको नमुना इपिडिमियोलोजी तथा सरुवा रोग महाशाखा काठमाडौँमा थप परीक्षणका लागि पठाइन्छ । अहिलेसम्म जिल्लाबाट ५४७ जनाको नमुना परीक्षण गरिएको छ। चितवनमा उपचार गराएका स्वाइन फ्लुका बिरामीमध्ये आजसम्म चितवनका १५६ जना चितवनका मात्रै बिरामी छन्।

नवलपरासीका १७ जना छन् भने उदयपुरका दुई जना छन्। रौतहट, जनकपुर, कास्की, गोर्खा, रुपन्देही, पर्सा, तनहुँ, महोत्तरी, बारा र काभ्रेका एक÷एक बिरामी भेटिएका छन्।

स्वाइन फ्लु लागेका बिरामीमा सुरुमा रुघा लाग्ने, ज्यान दुख्ने, घाँटी दुख्ने, ज्वरो आउनेलगायत लक्षण हुन्छ । भरतपुर अस्पतालका चिकित्सक भोजराज अधिकारीले अन्य रोगको सङ्क्रमण भएकालाई बढी असर गर्ने भएकाले ख्याल राख्न आग्रह गरेका छन्। रासस

कमेन्ट गर्नुहोस्
Share: