जाजरकोटमा महामारीवाट मृत्यु हुनेको संख्या २८ पुग्यो

253
0
Share:

१० बैशाख, जाजरकोट / एक महिना देखि जिल्लामा फैलिएको महामारीका कारण जाजरकोटमा मृत्यु हुनेको संख्या २८ पुगेको छ। बिहीबार मौसमी फ्लूका कारण ढिमे– ५ खुर्पा का ५५ वर्षीय चमारे रावलको मृत्यु भए पछि मृत्यु हुनेको संख्या २८ पुगेको हो।

jajarkotपाँच दिनदेखि रुघाखोकी र ज्वरो आउने समस्याले पीडित भएका रावलको उपचार अभावमा बिहीबार मृत्यु भएको स्थानीय डिल्लीबहादुर थापाले बताए। महामारीवाट निकै प्रभावित पैंक गाविससंग सिमाना जोडिएको ढिमेमा सरेको महामारीका कारण सयौं विरामीको उपचार गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ। यस पछि महामारीवाट मर्नेको संख्या २८ पुगेको छ। गत हप्ता देखि ढिमेमा पनि महामारीको रुप देखिएको हो।

यसैबीच महामारी नियन्त्रणका लागि सरकारी तथा अन्य निकायको पहलमा प्रभावित १५ गाविसमा तीन दर्जन वढी डाक्टरहरुले ६ हजार वढीको उपचार गरेका छन्। उपचारको क्रम जारी रहेको र छिटटै महामारी नियन्त्रणमा आउने सरकारी अधिकारीहरुले दावी गरेका छन्।

कमेन्ट गर्नुहोस्
Share: