
काठमाडौं, बैशाख २७–गत बैशाख १२ गते मुलुकमा विनाशकारी भूकम्प गएपछि सरकारले सहयोग गर्न सबै संघ संस्था तथा दातृ निकायलाई आह्वान गरेको थियो ।
सरकारले प्रधानमन्त्री दैविक प्रकोप उद्दार कोषमा रकम जम्मा गरेर सहयोग पुर्याउन आग्रह गरेसँगै हालसम्म झण्डै एक अर्ब रुपैयाँ संकलन भइसकेको छ ।हालसम्म कोषमा ९७ करोड ५३ लाख ७२ हजार ७ सय ९ रुपैया जम्मा भइसकेको प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका प्रवक्ता उत्तमकुमार खत्रीले जानकारी दिए ।
हिजोसम्म ७७ करोड ७ लाख ४ हजार ३ सय ८१ रुयैयाँ जम्मा भएकोमा आज थप २५ करोड ४६ लाख ७१ हजार ३ सय २९ रुपैया जम्मा भएको उनले जानकारी दिए । अप्रत्यासित रुपमा आएको विपद्मा सहयोग गर्ने सबैप्रति सरकारले धन्यवाद व्यक्त गरेको छ ।
कमेन्ट गर्नुहोस्
