जेकी च्यानले दिए ७७ लाख

Share:

काठमाडौं, वैशाख २७, हलिउड अभिनेता ज्याकी च्यानले नेपाली भुकम्प पीडितका लागि एक लाख सिगापुर डलर सहयोग गरेका छन् ।

नेपालका भुकम्प पीडितका लागि सिंगापुरमा आइतबार आयोजना गरिएको ‘नेपाल अर्थक्वेक रिलिफ फन्ड’ नामक कोष स्थापना कार्यक्रममा सहभागिता जनाउँदै च्यानले करिब ७७ लाख नेपाली रुपैंया सहयोग गरेका हुन् ।

सिंगापुरमा रहेका नेपाली प्रतिनिधिहरु ज्याकी च्यान च्यारिटेबल फाउन्डेसनसँग सम्पर्कमा रहेको र च्यानले व्यक्तिगत रुपमा पनि नेपालमा राहतका सामान पठाउने तयारी गरिरहेको च्यानको ब्लग सुपरच्यान ज्याकी च्यानको ब्लगमा उल्लेख गरिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: