
२९ वैशाख, काठमाडौं । काठमाडौं र उपत्यका आसपासका जिल्लाहरुमा शक्तिशाली भूकम्प गएको छ । १२ बजेर ५२ मिनेटमा ७.३ रेक्टर स्केलको भूकम्प गएको हो । अमेरिकी भूगर्भ विभागले ७.३ रेक्टर स्केलको भएको बताएको छ । भूकम्पको केन्द्र केन्द्र दोलखाको सुनखानी भएको बताइएको छ । भूकम्पपछि लगातार पराकम्पन गएको छ । ५.६, ५.५ र ६.२ रेक्टर स्केलको भूकम्प गएको छ ।
गलबार दिउँसो १२ बजेर ५० मिनेट जाँदादेखि दुई बजेर ६ मिनेट जाँदा सम्म पाँच रेक्टर भन्दा माथिका ८ वटा भुकम्प गएका छन् । दिउँसो १२ बजेर ५० मिनेटमा ७ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको हो । त्यसपछि १ बजेर २ मिनेट जाँदा ५ दशमलव ६, १ बजेर १९ मिनेट जाँदा ५ दशमलव ५, १ बजेर २१ मिनेट जाँदा ६ दशमलव २, १ बजेर ५१ मिनेटमा ५ दशमलव १, १ बजेर ५८ मिनेट तथा २ बजेर ६ मिनेट जाँदा ५ दशमलव २ रेक्टर र २ बजेर ६ मिनेट जाँदा नै ५ दशमलव ३ रेक्टरको भूकम्प गएको हो ।
भूकम्पपछि मानिसहरु घरबाट बाहिर आएका छन् । वैशाख १२ गतेको ७.८ रेक्टर स्केलको विनोशकारी भूकम्पले त्रसित मानिसहरु फेरि भूकम्प गएपछि त्रसित भएका छन् । तर, विज्ञहरुले भने ठूलो धक्कापछि केही समयसम्म धक्का महसुस भइरहेका बताएका छन् ।
वैशाख १२ पछि आएको यो दोस्रो ठूलो भूकम्प हो । वैशाख १२ गते ७.८ रेक्टर स्केलको भूकम्प आएको थियो । त्यसपछि आएका अनिगिन्ती धक्कामध्ये सबैभन्दा ठूलो ६.९ रेक्टर स्केलको थियो । आजको भूकम्प ७.४ रेक्टर स्केल रहेको भूकम्प मापन केन्द्रको सूचनामा देखिएको छ ।
आजको भूकम्पबाट राजधानीबासीहरु वैशाख १२ मा जस्तै त्रसित देखिएका छन् । भूकम्पको धक्कासँगै राजधानीबासीहरु सडकमा निस्किएका छन् । पसलहरु एकाएक बन्द भएका छन् । पहिलो धक्कापछि सानातिना पराकम्पहरु पनि आउने क्रम रोकिएको छैन । भूकम्पको क्षतिको विवरण आइसकेको छैन ।
