सामान्य बिपक्ती होईन, मिलेर सामाना गरौ ः प्रधानमन्त्री,

240
0
Share:

२९ वैशाख, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले यो प्राकृतिक विपत्ती सामान्य नभएको भन्दै सबैले मिलेर साहस एवं धैर्यताका साथ सामना गर्नुपर्ने बताएका छन् ।
मंगलबार दिउँसो भूकम्प आउनासाथ बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकलगत्तै प्रधानमन्त्री कोइराला र गृहमन्त्री वामदेव गौतमले संयुक्तरुपमा पत्रकार सम्मेलनमा सहभागिता जनाए ।
पत्रकार सम्मेलनमा सम्बोधन गर्दै सरकारले पीडितहरुको उद्धारका लागि सबै संयन्त्र परिचालन गरिएको प्रधानमन्त्री कोइरालाले बताए ।
२६ जिल्ला प्रभावित स् गृहमन्त्री
पत्रकार सम्मेलनमा प्रधानमन्त्रीपछि मन्तव्य दिँदै गृहमन्त्री वामदेव गौतमले मंगलबारको भूकम्पबाट २६ जिल्ला प्रभावित भएको बताए । दोलखा र सिन्धुपाल्चोकमा धेरै क्षति भएको र दिउँसो २ बजेसम्मको आँकडा अनुसार १६ जनाको मृत्यु र ८४०जना घाइते भएको गृहमन्त्रीले बताएका छन् । तर, मृतक र घाइतको संख्या बढ्न सक्ने मन्त्री गौतमले बताए ।
इञ्जिनियरले बस्न नहुने भनेको घरमा नबस्न र अन्य घरमा सचेत भएर बस्न आग्रह गर्दै गृहमन्त्री गौतमले सबैलाई नआत्तिन आग्रह गरेका छन् । विज्ञहरुले भूकम्पपछि साना पराकम्पहरु जाने भनेकाले यसबाट नआत्तिन गृहमन्त्रीले सर्वसाधारणसँग आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: