मृतकको सङ्ख्या ६५ पुग्यो, महाभूकम्पयता मृतकको संख्या ८ हजार २१९

236
0
Share:

काठमाडौ, वैशाख ३० – मंगलबार दिउँसो गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या ६५ पुगेको छ । गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार भूकम्पबाट एक हजार ९२६ जना घाइते भएका छन् ।

भूकम्पबाट अतिप्रभावित दोलखा, सिन्धुपाल्चोक, रसुवालगायतका जिल्लामा खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको सङ्ख्या अझ बढ्ने अनुमान गरिएको छ ।

भूकम्पका कारण नेपालमा मृत्यु हुनेको संख्या ८ हजार २१९ पुगेको छ । ७६ हजार ६३८ जना घाइते भएका छन् । वैशाख १२ मा आएको भूकम्पले ८ हजार १५४ र मंगलबार आएको भूकम्पले ६५ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । घाइतेहरुको राजधानीसहित बिभिन्न जिल्लामा उपचार भैरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: