पाकिस्तानमा यात्रुबसमा आक्रमण, ४१ को हत्या

Share:

३० वैशाख, काठमाडौं । पाकिस्तानको कराँची सहरमा बन्दूकधारीले एक बसमा आक्रमण गर्दा ४१ जनाको हत्या गरेका छन् । आक्रमणबाट २० जना घाइते भएका छन् । मोटरसाइकलमा सवार आक्रमणकारीले बुधबार विहान सिप्पोर चोरनगीमा यात्रुबसमा आक्रमण गरेका थिए । सो बसमा शिया मुस्लिम समुदायका ६० भन्दा धेरै व्यक्ति सवार थिए ।

४ जना आक्रमणकारीले बसलाई रोकेर चारैतर्फबाट गोली चलाएको स्थानीय प्रहरी अधिकारीले जानकारी दिएका छन् । घाइतेहरुलाई उपचारका लागि नजिकका अस्पतालमा भर्ना गरिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: