
काठमाडौं, जेष्ठ २ / सरकारले भूकम्पीडित परिवारलाई बर्षात् अघि नै अस्थायी बसोबासका मिलाउन जस्तापाता खरिद लगायतको प्रयोजनका लागि १५ हजार रुपैयाँ दिने भएको छ ।
मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले सरकारी निकाय मार्फत् जस्तापाता वितरण गर्दा ढिलो हुने सुझाव आएपपछि सोझै रकम प्रदान गर्ने निर्णय गरेको हो । ‘पीडितहरुलाई परिचय पत्र उपलब्ध गराइन्छ र त्यसको आधारमा वितरण गरिन्छ,’ सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले ईकान्तिपुरसँग भने,‘तत्काल व्यवस्थापनका लागि रकम दिने निर्णय भएको हो ।’
सरकारले नै समन्वय गरेर जस्तापाता भने बजारमा अभाव हुन नदिने गरी काम गर्नेछ । पीडितहरुलाई परिचय पत्र जिल्ला दैवीप्रकोप उद्धार समितिले लगायतको संयोजनमा वितरण गरिनेछ ।
कमेन्ट गर्नुहोस्
