
बिग न्युज पोखरा, ३ जेठ /आईतबार मार्च १७ अर्थात् अन्तर्राष्ट्रिय होमोफोविया, ट्रान्सफोविया तथा बाइफोविया विरुद्धको दिवस । यस दिवसका अवसरमा पोखरामा रहेका समलिंगी तेस्रोलिंगीको हकअधिकारमा क्रियाशील संघसंस्थाले अन्र्तक्रिया कार्यक्रमको आयोजना ग¥यो ।
नौलो बिहानी, गोरेटो नेपाल, परिबर्तन नेपाल लगायतले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा राजु थकालीले यो दिवसको महत्वका बारेमा जानकारी गराए । उनले सन् १९९० मा पहिलोपटक २४ सय समलिङ्गी तेस्रो लिंगी भेला भएर यो दिवस मनाएको उल्लेख गर्दै अहिले नेपालमा समेत सात लाख भन्दा बढी समलिङ्गी तथा तेस्रो लिङ्गीले मनाउदै आएको जानकारी दिए ।
नौलो बिहानी पोखराकी अध्यक्ष रोशनी राइको अध्यक्षतामा भएको कार्यक्रममा इच्छा बुढाथोकी र अञ्जली थापाले तेस्रो लिङ्गी तथा समलिङ्गीका पिडा र भोगाइका बारेमा बोलेका थिए । कार्यक्रममा राज थापा, बिपना पनेरु, केशव पराजुली, बसन्त पौडेल, शोसन अधिकारी, शशी पौडेलले पनि बोलेका थिए । कार्यक्रमको सञ्चालन श्रेया थापाले गरेकी थिईन् ।

