एसएलसी नतिजा ताेकिएकाे समयमै

Share:

काठमाडौ, जेष्ठ ५ – परीक्षा नियन्त्रण कार्यालय, सोनोठिमीले २७ केन्द्रका एसएलसीका उत्तरपुस्तिका जाँच भइसकेको जनाएको छ । कार्यालयले दिएको जानकारी अनुसार देशभरमा ६४ उत्तरपुस्तिका परीक्षण केन्द्र छन् । भूकम्पबाट प्रभावित जिल्लामध्ये गोरखा, धादिङ, नुवाकोट, रसुवा र दोलखामा रहेका केन्द्रबाट समेत उत्तरपुस्तिका जाँच भई नियन्त्रण कार्यालयमा आइसकेको परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले मंगलबार ईकान्तिपुरलाई बताए ।

slc exam‘सबै जिल्लाका केन्द्रमा निरन्तर उत्तरपुस्तिका जाँच्ने क्रम जारी छ,’ महाभूकम्पबाट केही दिन काम रोकिएपनि त्यसपछि सुचारु रहेको उल्लेख गर्दै नियन्त्रक द्वारेले भने, ‘परीक्षण सकिएर नियन्त्रण कार्यालयमा उत्तरपुस्तिका ल्याउने काम भइरहेको छ ।’

गत चैत १६ गते देशभर एकसाथ सम्पन्न एसएलसी परीक्षामा नियमित र एक्जाम्टेड गरी ५ लाख ७४ हजार २ सय ८५ परीक्षार्थी सहभागी भएका थिए ।

नियमअनुसार परीक्षा सकिएको तीन महिनाभित्र नतिजा सार्वजनिक हुनेपर्ने प्रावधान छ । ‘जसरी हुन्छ तीन महिना भित्र एसएलसीको नतिजा सार्वजनिक हुनेछ,’ नियन्त्रक द्वारेले भने । भूकम्पपछि एसएलसी परीक्षाप्रति अनावश्यक र अनर्गल हल्ला भए प्रति कुनै विद्यार्थी, अभिभावक र शिक्षकहरु भ्रममा नपर्न नियन्त्रकले अनुरोध गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: