ट्यूव टायर मर्मत व्यवसायीद्वारा धादिङ्गमा राहत वितरण

Share:

दुर्गा राना मगर पोखरा, ८ जेठ /ट्यूव टायर मर्मत व्यवसायी एशोसिएसन, कास्कीले वैशाख १२ गतको विनाशकारी भुकम्पबाट प्रभावित बनेको धादिङमा राहत सामाग्री वितरण गरेको छ ।

एशोसियसनले निलकण्ठ नगरपालिका वडा नं. ६ मा रहेका भुकम्प पीडितहरुलाई त्रिपाल लगायत खाद्यान्न सामाग्री वितरण गरेको हो । सुनौलाबजार राना गाउँमा रहेको भैरवी सामुदायिक विकास समूहको भवनमा एक कार्यक्रमको आयोजना गरी ६० घर परिवारका लागि त्रिपाल, चामल, चिउरा, नुन, तेल, सोयविन तथा बालबालिकाका लागि कापीकलम वितरण गरेको एशोसिएसनका अध्यक्ष नरबहादुर राना मगरले जानकारी दिए ।

कार्यक्रममा उपाध्यक्ष प्रभात खैजु, सल्लाहकार रामचन्द्र बानियाँ, समूहका अध्यक्ष गुणबहादुर सुनारी, सामाजिक परिचालिका अनिता कोईरालाको उपस्थिति रहेको थियो । राईट फर चिल्ड्रेनले राहतका लागि ३६ थान त्रिपाल सहयोग गरेको हो ।

कमेन्ट गर्नुहोस्
Share: