मानव मिलनद्वारा सिद्ध गाविसमा राहत वितरण

Share:

रञ्जन अधिकारी पोखरा, ८ जेठ। मानव मिलन नारी जागरण नेपालले गत वैशाख १२ र २९ गतेको विनाशकारी भुकम्पले प्रभावित बनेका कास्कीको सिद्ध गाविसका ३० घरपरिवारलाई राहत वितरण गरेको छ । शुक्रबार गाविसमा रहेका अति प्रभावित परिवारलाई छनौट गरी ६० थान कम्बल, ३० थान त्रिपाल, ३० थान गुन्द्री चाउचाउ बिस्कुट लगायतका सामाग्री प्रदान गरेको हो ।

यसअघि, धादिङ, स्याङ्जा लगायतका जिल्लामा राहत वितरण गरिसकेको मानव मिलनले कास्कीमा पनि राहत वितरण गरेको हो । कार्यक्रमको अध्यक्षता समेत गरेकी मानव मिलन नारी जागरण नेपालकी अध्यक्ष सावित्री शर्माले भुकम्पबाट पीडित बनेकाहरुलाई राहत वितरण गर्ने क्रममा नजिकै रहेको कास्कीको सिद्ध गाउँमा पनि वितरण गरिएको जनाईन् ।

कार्यक्रममा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि प्रकाश खनालले गाविससँग समन्वय गरेर मानव मिलनले गरेको कामको प्रशंसा गरे । विपद् व्यवस्थापन समितिका प्रतिनिधि बामदेव ओझा लगायतले मानव मिलन नागरी जागरणको कामको प्रशंसा गरेका थिए । कार्यक्रमको संचालन गाविस सचिव गुरुप्रसाद पोखरेलले गरेका थिए । रेडियो सफलताका प्रबन्ध निर्देशक दुर्गा अधिकारी, संस्थाकी सदस्य विष्णु गैह्रे, मेनुका पोख्रेल, कामना लम्साल, देवी बराल लगायतको उपस्थिति थियो ।

मानव मिलन संस्थाका संस्थापक नेपाल केशरी मणिभद्र मुनीजी महाराजको प्रेरणामा मानव मिलन कानपुर भारत शाखाको आर्थिक सहयोग तथा मानव मिलन नारी जागरण नेपालको व्यवस्थापनमा राहत वितरण गरिएको हो ।

धादिङ जिल्लामा राहत वितरण गरेको छ । यसअघि पनि धादिङका चार गाउँमा राहत वितरण गरिसकेको मानव मिलनले बुधबार निलकण्ठ नगरपालिकाको सुनौलाबजार क्षेत्रका दुई सय घर परिवारलाई राहत वितरण गरेको हो ।

यसअघि, संस्थाले पोखराबाट नौ घण्टाको यात्रापछि धादिङको मूलपानी ७ सिउरेनी पुगेर सो क्षेत्र सहित लमिडाँडा, ठुलोवेशी, बुढाथुम गाविसको बुढाथुमबेशीका करीब एक सय घर परिवारलाई राहत वितरण गरेको थियो । त्यस्तै, सुन्दर बजार क्षेत्रका दुई सय घर परिवारलाई वितरण गरिएको थियो भने स्याङ्जा आरुखर्कका ५० घर बढि परिवारलाई राहत वितरण गरिसकेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: