नेपालले पाकिस्तानलाई हरायो

Share:

काठमाडौं, जेठ ८ / ताजकिस्तानमा जारी एएफसि यू १४ फेस्टिबल अफ फुटबलमा नेपालले पाकिस्तानलाई १-० गोल अन्तरमा हराएको छ।

दुसाम्बेमा भएको खेलमा शुक्रबार खेलको ३८औ मिनेटमा रेजिन सुब्बाले गरेको गोल नै निर्णायक भएपछि नेपालले पहिलो जित दर्ता गरेको हो।
सातवटा राष्ट्र सहभागी प्रतियोगितामा नेपालले दोस्रो खेल अफगानिस्तानमा सोमबार खेल्नेछ।

तस्विरः गोल नेपाल डटकम

कमेन्ट गर्नुहोस्
Share: