फिफा अधिकारी पक्राउ परेकोमा प्रायोजकको चासो

Share:

ज्युरिच, जेठ १४ / बुधबार ज्युरिचमा अन्तराष्ट्रिय फुटबल महासंघ (फिफा) का ७ जना उच्च अधिकारी भ्रष्टाचारको अभियोगमा पक्राउ परेपछि विश्वकप फुटबल प्रायोजकले घटनाप्रति गम्भीर चासो देखाएका छन।

विश्वकप प्रायोजक कम्पनीहरूकोकाकोला, भिजा, सोनी, हुन्डाई/किया आदिले अधिकारीहरू भ्रष्टाचार मुद्धामा मुछिएको विषयमा फिफालाई दबाब दिन धेरै कल आएको बताएका छन्।

कोकाकोलाले ‘लामो विवादले फिफा विश्वकपको मिसन र आदर्श गुमिरहेको‘ बताएको छ। अर्को प्रायोजक एडिडासले उच्च नैतिकतामा आधारित संस्कारको विकास गर्न आफूहरूतयार रहेकाले अरु प्रायोजक पनि त्यसमा भूमिका खेल्ने अपेक्षा गरेको बताएको छ।

भिसाले बुधबारको घटनाले दुखित बनाएको भन्दै फिफाले यी मुद्धाका विषयमा तुरुन्त कदम चाल्ने अपेक्षा गरेको बताएको छ।

कमेन्ट गर्नुहोस्
Share: