विदेशबाट छोराहरुको लाखौं सहयोग, आमाहरुद्धारा स्कुललाई जस्तापाता वितरण

Share:

कृष्ण रानाभाट/ पोखरा १४ जेठ। विदेशको भुमीमा पसिना वगाएका छोराहरुले पठाएको सहयोग रकमले खरिद गरी उनिहरुका आमाहरुले भुकम्पले क्षतविक्षत भएको चापाकोटको स्कुललाई बुधबार जस्तापाता वितरण गरेका हुन्।

कास्कीको चापाकोट गाविस वडा नंंं.९ वराङमा रहेको पिपलडाली देउराली प्रा.वि.लाई बुधबाबर आमाहरुद्धारा जस्तापाता वितरण गरेका छन्। विद्यालयको माग वमोजिमको ६ फुटे र ७ फुटे पाँच वण्डल (५८ थान) जस्तापाता वितरण गरेका थिए। पाँच कक्षासम्म पढाई हुने सो विद्यालयमा कक्षा १ देखि ३ सम्मका वालवालिका चित्राको कक्षामा पढ्दै आएका छन्। विद्यालयका प्रधानाध्यापक भक्तबहादुर केसीले राहत वितरणका अभियान्ता मोहनराज वराल ‘मुन’संगको भेटमा स्कुलको अवस्था अवगत गराए थिए। वरालले सो स्कुलकोे लागि पोखरा १७ छोरेपाटन निवासी हाल विदेशमा कार्यरत अनिल परियारले सहयोग रकम पठाएको वताए ।

छोरेपाटन टोल विकास संस्थाका अध्यक्ष इश्वरीप्रसाद लम्सालको अध्यक्षतामा भएको सो वितरण कार्यक्रममा विद्यालयका अध्यक्ष एकनाथ पराजुली, विद्यालयका प्रधानाध्यापक भक्तबहादुर केसी, मोहनराज वराल लगाएतले वोलेका थिए। कार्यक्रमको संचालन विरौटा क्लब पोखरा १७ का अध्यक्ष सुर्य वरालले गरेका थिए।

11127755_1077594698935480_8363938676315098346_n

सो कार्यको लागि सामाजिक सञ्जाल फेसबुस प्रयोग गरीएको थियो। सहजीकरण पोखरा १७ छोरेपाटन निवासी मोहनराज वराल ‘मुन’ र इश्वरी प्रसाद लम्सालले गरेका थिए। उनिहरुको अभियान अन्र्तगत यो छैटौ अभियान हो। यस अगाडि वैशाख १५ गते गोर्खाको लाप्राकका पीडितहरुको लागि ५० हजार रुपैया वराबरको राहत सामाग्री, वैशाख २६ गते धादिङ जिल्लाको पेडा गाविस वडा नं. ४ को चेपाङ वस्तीमा ६२ घरधुरी प्रति घरधुरी १० थान जस्तापाता, जेठ ५ गते कास्की जिल्लाको चापाकोट गाविस वडा नं. ७ औसेलीचौरमा रहेको पञ्चकोसी नि.मा.वि.लाई साढे ५ वण्डल जस्तापाता र भरतपोखरी गाविस वडा नं. १ हाल लेखनाथ १६का पाँच दलित, एकल महिला एवं विपन्न वर्गका परिवारलाई प्रति घरधुरी एक÷एक वण्डल जस्तापाता र त्रिपाल सहयोग गरिसकेको छ।
त्यसै गरि पाँचौ चरणमा जेठ ९ गते सिन्धुपालल्चोक जिल्लाको साघा चोकमा रहेको जन जाग्रिती उच्च मावि र जुगला बहुमुखी क्याम्पसलाई ५० वण्डल जस्तापाता सहयोग गरेका थिए।

उनिहरुको अभियानमा विदेशमा रहेर नेपालका भुकम्प पीडितहरुको लागि नविन गुरुङ, बलराम पौडेल, अञ्जु देवकोटा, मनोज गुरुङ, अनिल परियार, विनोद पौडेल, पुष्प वराल, गोविन्द सुवेदी, भिम गुरुङ, शंकर गुरुङ, विकास गुरुङ, वसुन्धरा सुवेदी, विष्णुकुमारी पौडेल, विष्णु ढकाल, सन्तोष लामिछाने र सुशिला सुवेदीले सहयोग गरेका छन् भने धर्मराज वराल, ई. दिनेश वराल, वेदराज ढकाल, राजु क्षेत्री, रञ्जन अधिकारीलगाएतले पोखरा मै रहेर विशेष सहयोग गरिरहेका छन्।

कमेन्ट गर्नुहोस्
Share: