पाकिस्तानमा विमान अपहरणमा दोषी ३ जनालाई झुन्ड्याइयो

Share:

काठमाडौं, जेष्ठ १४ । पाकिस्तानमा विमान अपहरणकान्डमा दोषी पाइएका तीनजना बलुच लडाकूलाई १७ वर्षपछि झुन्ड्याएर मृत्युदन्ड दिइएको छ । उनीहरुलाइ कराँची र हैदरावाद कारागारमा झुन्ड्याइएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

pakistan_final_final2सन् १९९८ मा पाकिस्तानको टर्वाटबाट कराँचीका उडेको विमान अपहरण गरी भारतमा जबर्जस्ती अवतरण गर्न लगाइएको थियो ।

गुजरातमा अवतरण गरिने भने पनि हैदरावादमा विमान लगिएपछि सुरक्षाकर्मीको कारबाहीपछि विमान अपरहणमुक्त पारिएको थियो । (एजेन्सी)

 

कमेन्ट गर्नुहोस्
Share: